पूर्व युवराज पारस शाह किन आए दोलखामा ?

चरिकोट÷पूर्व युवराज पारस शाह दोलखामा रहेका छन् । आफ्नो निजि भ्रमणको सिलसिलामा उहाँ बुधवार साँझ दोलखा आउनु भएको हो । दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटी लगायत राप्रपा दोखलाका पदाधिकारी तथा कार्यकर्ताहरुले उनलाई स्थानीय सातदोवाटो चोकमा पुष्प गुच्छाले स्वागत गरेका थिए । निजि भ्रमणको सिलसिलामा जिरी जाने क्रममा रहेका शाहलाई राप्रपा दोलखाका नेता कार्यकर्ताले स्वागत गरेका हुन् । दोलखा भ्रमणमा आएका शाह केही दिन दोलखा रहने राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "पूर्व युवराज पारस शाह किन आए दोलखामा ?"

Leave a comment

Your email address will not be published.


*