पुनर्बहालीको माग गदै रिले अनसनमा

चरीकोट, (दीस) –जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटका तीन जना कर्मचारीले रिले अनसन सुरु गर्नुभएको छ । कार्यालय सहयोगीमा कार्यरत तीन करारका कर्मचारीले पुनर्बहालीको माग राख्दै अनसन सुरु गर्नु भएको हो । म्याद सकिएको भन्दै करारमा रहेका ती कर्मचारीलाई हाजिर गर्न नदिएपछि आइतबारदेखि रिले अनसन सुरु गरेको उहाँहरुले बताउनु भयो । रिले अनशनमा रहनु भएका कर्मचारीमा शिव श्रेष्ठ , बेद प्रसाद सापकोटा र मिश्रा श्रेष्ठ रहनु भएको छ । मौखिक तथा लिखित जानकारीबेगर गत माघ ७ गते विद्युतीय हाजिर गर्दा खोज्दा आफुहरुको करार नथपेको प्रशासनले जवाफ दिएको आन्दोनरत कर्मचारीमा शिव श्रेष्ठले बताउनु भयो । “अझै पनि कार्यालयले यस सम्बन्धी कुनै जानकारी दिएको छैन । तर हामीलाई घुमाएर प्रशासनले करार थपेन , कार्यालयमा १५ बर्ष निस्वार्थ सेवाको उपहार पाइयो। १५ वर्षदेखि कार्यरत शिव श्रेष्ठले भन्नुभयो, “सदरमुकाम बाहिर रहेको कर्मचारीको म्याद थप गरियो तर, सदरमुकाम मुख्य कार्यालयमा कार्यरत हामी तीन जना कर्मचारीलाई म्याद थपिएन भन्ने कुरा सुनियो ।”
छ वर्षदेखि निरन्तर काम गर्दै आउनु भएका वेदप्रसाद सापकोटाले पुनर्बहाली नभएसम्म रिले अनसन नतोड्ने बताउनु भयो । म कहाँ गएर परिश्रम गरौँ र जीवयापन गरौँ ? बालबच्चा कसरी पालौँ ? यस्तो होला भन्ने सोचेकै थिएन ।प्रशासनले साना कर्मचारीलाई पेलेको उहाँको भनाई रहेको छ।
कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा. पुनम नेपालले कर्मचारीले समयमा म्याद थपको लागि निवेदन नदिएको दाबी गर्नु भयो । करारमा रहेका १३ जना मध्ये मंसिर ३० गते सम्म दश जनाले सेवा करारको म्याद थपको लागि निवेदन दिनु भयो , हामीले उहाँहरुको सेवा करार ग¥यौँ” तर , “आन्दोलनरत तीन जना कर्मचारीले समयमा नै निवेदन दिनु भएन , त्यसैले उहाँहरुको सेवा करार भएन ” प्रमुख नेपालले भन्नु भयो । तर आन्दोलन कर्मचारीले भने म्याद करारको लागि प्रशासन कुनै जानकारी नदिएको गुनासो गर्दै आउनु भएको छ ।

Shares

Be the first to comment on "पुनर्बहालीको माग गदै रिले अनसनमा"

Leave a comment

Your email address will not be published.


*