चरिकोट –दोलखाका विभिन्न स्थानीय तहमा निजि आवास पुननिर्माणमा सहयोगका लागि घुम्ती कोष स्थापना भएका छन । यु।ोपेली आयोगको मानबिय सहयोग तथा नागरिक सुरक्षा विभागको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)द्वारा आफ्नो बृहत् विपद जोखिम ब्यबस्थापन कार्यक्रम अन्तर्गत आरइडिसी र हुराडेकको सहयोगमा दोलखाको भिमेश्वर नगरपालिका तथा शैलुङ गाउँपालिकामा यस्तो कोष स्थापना भएको हो ।
कोषमा परियोजना क्षेत्रका बिपन्न बर्गका भुकम्प प्रभावितलाई निजि आवास पुननिर्माणमा सहयोगका लागि प्रत्येक वडामा ५ लाखका दरले ३५ लाख घुम्ती कोष स्थापना भएको छ ।
सो घुम्ती कोष मार्फत आवास पुननिर्माण गर्नका लागि निर्व्याजी सापटी उपलब्ध गराइने परियोजनाले जनाएको छ । दोलखा जिल्लामा भुकम्प जोखिमयुक्त समुदायका लागि उत्थान्शील पुननिर्माण तथा पुर्नस्थपना परियोजना अन्र्तगत भुकम्पबाट क्षति भएका घरहरुको पुननिर्माण, बिपत जोखिम युनिकरण जीविकोपार्जन सम्बन्धि कार्यक्रम संन्चालन भएका हुन । जिल्लामा १५५ घरहरु पुननिर्माणका लागि आर्थिक, तथा प्राबिधिक सहयोग गरिएको आरइडिसीका कार्यकारी निर्देशक सुमन उपे्रतीले जानकारी दिए ।
परियोजना मार्फत कम लागतमा ग्याबिन जालिबाट घर निर्माण भएको परियोजनाका आबास निर्माण साथी रत्न बहादुर तामांङले जानकारी दिए । पुननिर्माणलाई टेवा पु¥याउन स्थानियको सिप अभिबृद्धिका क्रियाकलापले समुदायमा भुकम्प प्रतिरोधी घरहरु बनाउन सहज भएको जनाइएको छ । यस परियोजना अन्तर्गत हालसम्म ४८३ स्थानिय डकर्मी र सिकर्मीहरुलाई कार्यगत क्षमता अभिबृद्धि तालिम पाएको उप्रेतीले जानकारी दिए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवननिर्माण विभागका जिल्लामा रहेका २८९ प्राबिधिकहरुलाई समेत पुननिर्माण सम्बन्धि तालिम प्रदान गरिएको तमाङले जानकारी दिए ।
जीविकोपार्जन कार्यक्रम मार्फत परियोजना क्षेत्रका २३० घरपरिवारलाई तरकारी खेति र पशुपालनमा परियोजनाले सहयोग गरेको जनाइएको छ ।
जीविकोपार्जन कार्यक्रमले जनताको जीवन स्तर सुधार गर्न सहयोग पुगेको भिमेश्वर नगरपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष नकुल के.सीले बताए । सहकार्य निरन्तर रहने उनले विस्वास व्यक्त गरे ।
Be the first to comment on "पुननिर्माण सहयोगका लागि घुम्ती कोष"