चरिकोट(दीस) – गत आर्थिक बर्षको सांसद विकासको कोषको रकमले दोलखामा पीसीआर मेसिन खरिद गरियो । त्यसलाई सुचारु गर्न कर्मचारीकाे अभाबमा केही दिन लाग्यो । कर्मचारी पुर्तीसँगै अहिले दोलखाकाे चरिकोट अस्पतालमा स्थापना भएको पीसीआर मेसिनमा दोलखाका कोरोनाका संक्रमितकाे पीसीआर टेष्ट हुन थालेको छ । त्यसको रिपोर्ट ३ घण्टामा आउन थालेको छ । दाेलखामा एक साता भित्र करिब १२ सय जनाको टेष्ट भइसकेको छ । विगतमा पीसीआर टेष्ट गर्न धुलिखेल पठाउनु पर्ने झन्झटबाट अहिले दोलखाका नागरिक मुक्त भएका छन् ।पीसीआर टेष्टकाे जिम्मेवारी तीन जनाले लिएका छन् ।जिम्मेवारी लिने ती नायक हुन, माइक्रोवायोलोजिष्टमा नसना सुवाल , ल्यावमा रमिता श्रेष्ठ र सन्जु थामी रहेका छन् । उनीहरुकाे लगातार मेहेनतले टेष्टको रिपोर्ट ३ घण्टामा आउने गरेको चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालले बताए । दोलखामा कोरोना उपचारको नेतृत्व लिएको चरिकोट अस्पतालमा २४ घण्टा उपचारकाे डा. दंगाल आफैले नेतृत्व लिएका छन्। उनी दोलखामा चर्चित डाक्टर हुन् ।
पीसीआर टेष्ट गर्ने दोलखामा यी हुन् नायक
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २ जेष्ठ २०७८, आईतवार १८:३३
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
Be the first to comment on "पीसीआर टेष्ट गर्ने दोलखामा यी हुन् नायक"