पितृत्वको ठेगान नभएको बच्चाको थर मावलीको कायम गरिने

चरिकोट(दीस) ः एकल महिलाबाट जन्मिएको तथा पितृत्वको ठेगान नभएको बच्चाको थर मावलीको थर नैं कायम हुने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले देशै भरका सबै स्थानीय तहहरुलाई बुधवार एक परिपत्र जारी गर्दै सो जानकारी दिएको हो ।
विवाह अघि महिलाबाट जन्मभएको तथा पितृत्वको ठेगान नभएको बच्चाको थर आमाको थर मावलीकै थर राखी जन्म दर्ता गर्न परिपत्रमा भनिएको छ । यस्ता वच्चाको सूचक आमा राखी जन्म दर्ता गरिदिनुपर्ने परिपत्रमा उल्लेख छ । तर पछि बाबुको पत्ता लागेमा भने पहिलेको जन्म दर्ता रद्द गरी बाबुको थर कायम गर्नु पर्ने विभाग का निर्देशक नवराज जैशीद्वारा हस्ताक्षर गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "पितृत्वको ठेगान नभएको बच्चाको थर मावलीको कायम गरिने"

Leave a comment

Your email address will not be published.


*