पालिका अध्यक्ष बन्न वडाध्यक्ष हिरा थोकारद्धारा राजिनामा

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ९
दोलखाको मेलुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हिरा थोकरले पदबाट राजिनामा दिएर निर्वाचनमा होमिनुभएको छ । यही बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट पालिका अध्यक्ष पदमा उम्मेद्वार भएपछि उहाँले वडाध्यक्ष पदबाट शुक्रबार राजिनामा दिनुभएको हो । २०७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित थोकरले आसन्न निर्वाचनमा पालिका अध्यक्षको उम्मेद्वार भएपछि राजिनामा दिएर तयारीमा जुट्नुभएको छ । बहालवाला जनप्रतिनिधिहरुले राजिनामा दिएर मात्रै आसन्न निर्वाचनमा मनोनयन दर्ता गर्न पाउने प्रावधानअनुरुप थोकरले राजिनामा दिनुभएको हो । थोकरको राजिनामा आजै स्वकृत गरिएको र वडासदस्य लक्ष्मी विश्वकर्मालाई निमित्त वडाअध्यक्षको जिम्मा दिइएको पालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दोहोरिन वडाध्यक्षबाट राजिनामा
आजै भीमेश्वर नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले पनि राजिनामा दिएर पुनः वडाध्यक्ष पदमा दोहोरिन चुनावमा होमिनुभएको छ । दोस्रो पटकका लागि कांग्रेसको तर्फबाट वडाध्यक्ष बन्ने आकांक्षा सहित उम्मेद्वारी दिन लाग्नुभएका शिवाकाटीले हालको वडाध्यक्ष पदबाट राजिनामा दिनुभएको हो । उहाँको राजिनामा स्वीकृत भएसँगै वडा सदस्य भरत बहादुर थापालाई निमित्त वडाध्यक्षको जिम्मेवारी दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले बताउनुभयो । वडाध्यक्ष पदबाट राजिनामा दिएसँगै पुनः वडाध्यक्ष बन्ने गरी शिवाकोटी होमिनुभएको छ । यसअघि निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान रहेको छ। आगामी निर्वाचनका लागि वैशाख ११ गतेबाट उम्मेद्वारी र मनोयनन कार्य हुने छ ।

Shares

Be the first to comment on "पालिका अध्यक्ष बन्न वडाध्यक्ष हिरा थोकारद्धारा राजिनामा"

Leave a comment

Your email address will not be published.


*