चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिकामा रहेका बिभिन्न पाँच वटा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला, पोसाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँले ती विद्यालयमा सहयोग गरेको हो । नगरपलिकाका वडा नम्बर ६ र ७ मा रहेका पाँच वटा विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्रयाकशुट, स्वयटर, पञ्जा, मोजा, टोपी, स्टेशनरी सामान स्कूल ब्याग र खाजा सेट वितरण गरिएको स्थानीय बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता राजन वस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँका प्रोपाईटर कुलराज थापा, बिबुध लुँईटेल, सुबोध रेग्मी र लक्ष्मी जोशीले उक्त विद्यालयका विद्यार्थीलाई सहयोग गर्नु भएको हो । सामग्रीहरु सहयोग गरिएका विद्यालयहरुमा नगरपालिकाका वडा नम्बर– ७ को हरिकृतन आधारभूत विद्यालय, कुप्रिडाँडा आधारभूत विद्यालय र वीरेन्द्र आधारभूत विद्यालय तथा वडा नम्बर–६ को महाकाँल आधारभूत विद्यालय र अल्पाईन पब्लिक स्कूल रहेका छन् । जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँका प्रोपाईटर एवं नेपाली कांग्रेस दोलखाका पूर्व कोषाध्यक्ष कुलराज थापाले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनमा थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले बर्षेनी सहयोग अभियान चलाइएको बताउनु भयो । यस अघि पनि कन्सलटेन्सी भीमेश्वर नगरपालिकामा रहेका दुई वटा सामुदायीक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको थियो ।
पाँच वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग
Posted By: दीक्षण दैनिक २७ चैत्र २०८०, मंगलवार १९:३६
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "पाँच वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग"