मनहरी (हेटौँडा), २२ पुस : यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिनुभयो । त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उहाँले बताउनुभयो । क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । उहाँका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताउनुभयो । गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गर्नुभएको थियो । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गर्नुभएको थियो । क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उहाँले बताउनुभयो । —
पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
Posted By: दीक्षण दैनिक २२ पुष २०८१, सोमबार १०:११
२३ पुष २०८१, मंगलवार ०७:१८
चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का
२३ पुष २०८१, मंगलवार १२:३५
२०८१ पुस २३ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२३ पुष २०८१, मंगलवार २०:४३
भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध
२३ पुष २०८१, मंगलवार ०९:५४
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
२३ पुष २०८१, मंगलवार ०९:५१
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
२३ पुष २०८१, मंगलवार ०९:५२
आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
२३ पुष २०८१, मंगलवार २०:४६
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष दाहाल
२३ पुष २०८१, मंगलवार २०:५२
Be the first to comment on "पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै"