दीक्षण समाचार /चरिकोट–पहिले दोलखामा अधिकांश ग्रामीण बस्तीमा ढुँगामाटोको घर थियो । ती घरहरु भूकम्पीय सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त थियो । त्यसैले २०७२ सालको विनासकारी भूकम्पले त्यस्ता घरहरु ठाडो रहेन । ठाडो रहेका घर पनि बस्नका लागि खतरापूर्ण बन्यो । तर अहिले त्यसको ठाउँमा इँटाको गाराे र टीनको छानो सहितको घर ठडाइएको छ । हिजो भूकम्पका कारण घरबार विहीन बनेकाहरु आज पक्की घरको धनी भएका छन् । सरकारी अनुदान सहयोगबाट बनाइएका घरहरु भूकम्प प्रतिरोधी छ । भूकम्पपछिको पुनर्निर्माणको क्रममा नीजि घरहरु भूकम्प प्रतिरोधी बनेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) दोलखाले दाबी गरेको छ p बाँकीको काम पक्रियामा रहेको इकाई प्रमुख ईन्जिनियर अर्जुन तामाङले बताउनुभयो । निजी आवास पुनर्निर्माणलाई पालिका गत रुपमा हेर्ने हो भने कालिञ्चोक गाउँपालिकामा ९८ दशमलव ५८ प्रतिशत निजी आवास निर्माणको काम सकिएको छ । जहाँ तेस्रो किस्ता ८ हजार ५ सय ९३ लाभग्राहीले प्राप्त गरेका छन् । त्यसैगरी सरकारी अनुदान सहयोगबाट सबैभन्दा बढी घर भीमेश्वर नगरपालिकामा १० हजार ७ सय ७३ घर निर्माण भएको प्रमुख ईन्जिनियर तामाङले बताउनुभयो । जिल्लाको बैतेश्वर गाउँपालिकाका कुल लाभग्राही मध्ये ७ हजार ५ सय ४ (९३ दशमलव ६६ प्रतिशत, बिगु गाउँपालिकाका ६ हजार १ सय ५३ (९५ दशमलव ३१ प्रतिशत), गौरीशंकर गाउँपालिकाका ६ हजार २ सय ४३ (९५ दशमलव ४३ प्रतिशत) ले तेस्रो किस्ता अनुदान लिएका छन् । त्यसैगरी जिरी नगरपालिकाका ५ हजार १ सय ६७ (९५ दशमलव ७७ प्रतिशत), मेलुङ गाउँपालिकाका ७ हजार ६७ (९५ दशमलव ७८ प्रतिशत), शैलुङ गाउँपालिकाका ७ हजार ६ सय २१ (९४ दशमलव ९१ प्रतिशत) र तामाकोशी गाउँपालिकाका ६ हजार ९ सय ५३ (९७ दशमलव ८२ प्रतिशत) जना लाभग्राहीले तेस्रो किस्ता लिएको देखिन्छ । जिल्लामा ३ हजार ३ सय ७ घर अझै निर्माण भईरहेको छ । पहिलो र दोस्रो किस्ता लिएका लाभग्राहीले तेस्रो किस्ता लिने मिति सकिन लागेको छ । तेस्रो किस्ता लिन बाँकी लाभग्राहीले यही फागुन मसान्त भित्र लिइसक्नु पर्ने बताइएको छ । जिल्लामा कुल लाभग्राही मध्ये ४ हजार ३ सय १ जनाले अनुदान सम्झौता गर्न आएनन् । उनीहरुलाई पटकपटक ताकेता गरेपनि सम्झौता गर्न नआएको प्रमुख ईन्जिनियर तामाङले बताउनुभयो । अब सम्झौता गर्ने समयावधि समाप्त भईसकेकोले जिल्लामा ६९ हजार ३ सय ७१ जना मात्र लाभग्राही कायम भएका छन् । उहाँले भन्नुभयो‘ मंसिर मसान्तसम्म सम्भmौता गर्न आउने अन्तिम मौका दिइएको थियो । तर उनीहरु आएनन् । अब नआउने पक्का भयो । घरको आवश्यकता नभएपछि उनीहरु सम्झौता गर्न नआएको हुन सक्छ ।’ शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको इकाई यही चैत्र महिनामा खारेज हुँदैछ । पहिले पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेको इकाई अहिले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सञ्चालित छ । यसको खारेजीसँगै भवन तथा आवासको जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने छ ।
पहिले ढुँगा माटोका अहिले इँटाका घर
Posted By: दीक्षण दैनिक १७ फाल्गुन २०७८, मंगलवार ११:५८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "पहिले ढुँगा माटोका अहिले इँटाका घर"