पशु सेवा कार्यालय दोलखाले सार्वजनिक ग¥यो चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम

चरिकोट (दीस) ः पशु सेवा कार्यालय दोलखाले चालु आर्थिक बर्ष २०८१÷०८२ मा कार्यालयद्वारा स्वीकृत वार्षिक कार्यक्रमको बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाको उद्घाटन गर्नु हँुदै बागमती प्रदेशमा सांसद भरत के.सीले कृषि कर्मलाई देशमा हेपिएको कर्मको रुपमा लिदाँ कृषि पेशा संकटमा परेको बताउनु भयो । हाइब्रीड बीउविजनले भविश्यमा देशमा समस्या आउन सक्ने बताउदै रैथाने बाली संरक्षणमा लाग्न सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
बिहिबार दोलखाको सदरमुकाम चरिकोटमा गरिएको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख डाक्टर ज्ञान बहादुर जिरेलले कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा चालु आर्थिक बर्षमाह कार्यालयले चौरी प्रवद्र्धन कार्यक्रम, भेडा प्रवद्र्धन कार्यक्रम, बाख्रापालन प्रवद्र्धन, बंगुर प्रवद्र्धन, पशुपालनमा असल अभ्यास प्रवद्र्धन, पशु आहार आत्मनिर्भर, दुग्ध उत्पादन वृद्धि कार्यक्रम, मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम (८५ प्रतिशत प्रोत्साहन), पशुपन्छी तथा मत्स्यपालनका लागि यन्त्र तथा उपकरण वितरण कार्यक्रमलाई बजेट विनियोजन गरेको कार्यालय प्रमुख डाक्टर जिरेलले बताउनु भयो । त्यसैगरी पशुपंन्छी तथा मत्स्य उद्यमशीलता विकास कार्यक्रम, समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम, स्थानीय जातका असला माछा प्रवद्र्धन तथा संरक्षण कार्यक्रम र करेसा पोखरीमा कार्प जातको माछापालन लगायतका कार्यक्रममा बजेट विनियोजन भएको उहाँको भनाई रहेको छ । कार्यक्रममा उहाँले नगरपालिकाले नक्सा पास गर्न ढिलाई गरेकाले कार्यालयको नयाँ भवन बन्न नसकेकाले सरोकारवाला निकायलाई सहजीकरण गरी दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्तेत, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले कार्यालयले चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयन गर्दा सुधार गर्नुपर्ने पक्षमा कार्यालयलाई सुझाबसमेत दिनु भएको थियो ।कार्यक्रममा जिल्लाका विभिन्न सरकारी निकायका प्रतिनिधी , कृषक तथा संञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

 

Shares

Be the first to comment on "पशु सेवा कार्यालय दोलखाले सार्वजनिक ग¥यो चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*