दीक्षण समाचार
चरिकोट, मंसिर १०
दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृति अस्पतालको अध्यक्षमा भरतनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ। तत्कालीन अध्यक्ष भरत केसीले करिब एक महिना अघि राजीनामा दिएपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले श्रेष्ठलाई अस्पताल अध्यक्षमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा पहिलो संशोधन अध्यादेश, २०७९ को दफा २६ ख को उपदफा २ बमोजिम प्रधानलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। नवनियुक्त अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेसका नेता हुनुहुन्छ। तत्कालीन अध्यक्ष केसीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि राजिनामा दिनु भएको थियो।
Be the first to comment on "पशुपति चौलागाईं स्मृति अस्पतालको अध्यक्षमा श्रेष्ठ"