पशुपति चौलगाईँ स्मृति अस्पतालमा जनशक्ति अभाव

बाबुराम शर्मा
चरिकोट, बैशाख ८
प्रादेसिक अस्पतालको रुपमा सदरमुकाम चरीकोटमा सञ्चालित हाल रुपान्तरित पशुपति चौलागाईँ स्मृति अस्पतालबाट दक्ष जनशक्तिको अभावमा सेवा प्रवाह असहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई बढोत्तरी गरी ५० शय्याको सञ्चालनमा आएको यो अस्पतालमा प्रदेशबाट दक्ष जनशक्ति नपठाउँदा प्रादेसिक अस्पतालले दिने सेवा प्रवाह असहज भएको हो ।
गत २०७७ साल मङसिर १८ गते संघीय सरकारले प्रादेसिक अस्पताल सञ्चालन गर्ने निर्णय गरे तापनि १४ महिनापछि मात्र प्रदेसले अनुमति दिएपछि सञ्चालनमा आएको हो । अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले भन्नु भयो, प्रदेसले अस्पतालमा कुन कुन स्तरका कति दरबनदी हुने भन्ने अहिलेसम्म खाका समेत पनि पठाएको छैन । दक्ष जनशक्ति पनि पठाएको छैन । अन्योलकै भरमा अस्पताल चलिरहेको छ । दक्ष जनशक्ति नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रले दिनेभन्दा बढी सेवा प्रवाह गर्न पनि सकिएको छैन ।
प्राथमिक स्वास्थ्य केन्द्रको दरबन्दीमा रहेका १० मध्ये तीन जना अध्ययनमा गएका छन् । छावृत्ति करारमा चार जना चिकित्सक छन् । भीमेश्वर नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थाबाट पाँच जना काज सरुवा गरी पठाएको छ । विशेषज्ञ डा. विनोद दङगालसहित ५१ जना करारमा कार्यरत छन् । भीमेश्वर नगरपालिकाले अहिलेसम्म यी सबैको तलब खुवाइरहेको छ ।
सरकारले दिने भनिएको ७० प्रकारका निःशुल्कऔषधि पनि आर्थिक अभावमा सेवा ग्राहीले बाहिरबाट किन्नु परेको अवस्था रहेको अस्पतालले जनाएको छ ।
कार्यरत डा.दङगालले भन्नु भयो, निम्न स्तरका व्यक्तिका जटिल खारे रोगको शल्याक्रिया यहीँबाटै गर्ने गरिएको छ । आवश्यक संरचना बनेका छन् । मेसिन पनि जडान छन् । तर सर्जरी, बालरोग, आइसियुलगायतका सेवा जनशक्ति अभावमा दिन सकिएको छैन ।

Shares

Be the first to comment on "पशुपति चौलगाईँ स्मृति अस्पतालमा जनशक्ति अभाव"

Leave a comment

Your email address will not be published.


*