काठमाडौ (दीस) ः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्काद्धारा लिखित ‘पर्यावरणीय संकट’ नामक पुस्तक विमोचन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पुस्तकको विमोचन गर्नु भएको हो । सो पुस्तकमा पूर्वमन्त्री खड्काले जलवायु परिवर्तनले हिमालयको देश नेपाल सहित विश्वभरमा निम्तेको पर्यावरणीय संकट र त्यसको न्यूनिकरणमा मार्क्सवादी, समाजवादी दृष्टिकोण सहितको भूमिकाको समेटेको बताइएको छ । खड्काले बागमती प्रदेश सरकारको वन तथा वातावरणमन्त्री हुँदा हासिल गरेका अनुभब समेत पुस्तकमा समेट्नु भएको छ । पुस्तकको नेकपा माओवादी केन्द्रका नेता राम कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् बागमती प्रदेशसभाका पूर्व सांसद विराजभक्त श्रेष्ठ र पर्यावरण विज्ञ डा.पपुलर जेन्टलले टिप्पणी गर्नु भएको थियो ।विकसित मुलुकहरुको मूल ध्येय पर्यावरण जोगाउनुका सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्ष छ । पुस्तकमा लेखकले ठूला शक्तिराष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना, जनसङ्ख्याका हिसाबले अतिकम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नु परेको तथ्यलाई अगाडि सारेका छन् ।
नेपाल, बङ्गलादेश, फिलिपिन्स, नाइजेरिया, जिम्बाबे, दक्षिण सुडानजस्ता जोखिमपूर्ण अवस्थामा रहेका मुलुकले विशेष रुपमा क्षतिपूर्तिको माग गर्नैपर्ने र त्यसमा नेपालले त्यसको अगुवाइ गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी ‘कोप–२८ लाई कसरी हेर्ने’ भन्ने लेखमा माक्र्सवादी दृष्टिकोणबाट कोपलाई कसरी हेरिनुपर्छ भन्ने विचार–विमर्श गरिएको छ ।
Be the first to comment on "‘पर्यावरणीय संकट’ नामक पुस्तक विमोचन"