पर्यटन प्रवद्र्धनका लागि साइकलयात्रीको टोली दमौलीमा

दमौली, ७ असोज (रासस) :कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा साइकलयात्रीको टोली दमौली आइपुगेको हो । इलामको अन्तुदेखि सुरु भएको साइकलयात्रीको टोली मुगुको रारासम्म पुग्नेछ । यो यात्राले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको शाहले बताउनुभयो । टोलीमा दमौलीका युवा विनोद सापकोटा पनि सहभागी हुनुहुन्छ । कोरोनाले थलिएको पर्यटन क्षेत्रको प्रचारप्रसारमा आफूहरु लागेको उहाँले बताउनुभयो । साइकलयात्रीको टोली २८ जिल्ला हुँदै चार सातामा रारा पुग्नेछ । यात्रामा साइकलयात्रा गरिसकेका र नयाँ गरी ५० जनाको टोली छ । साइकलयात्राले एक हजार ८०० किलोमिटर दूरी पार गर्नेछ । ‘सम्बन्ध जोडौँ देश घुमौँ’ भन्ने नारासहित हिँडेको टोलीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । साइकलयात्रीलाई स्वागत गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको प्रचारका लागि साइकलयात्रीले सहयोग गर्र्नुपर्ने बताउनुभयो । नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौलीका बारेमा देशका अन्यत्र जिल्लामा पनि प्रचार गर्न साइकलयात्रीलाई आग्रह गर्नुभयो । फरार आठ प्रतिवादी पक्राउ विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सार्वजनिक मुद्दाका तीन र कर्तव्य ज्यान मुद्दाका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । –––

Shares

Be the first to comment on "पर्यटन प्रवद्र्धनका लागि साइकलयात्रीको टोली दमौलीमा"

Leave a comment

Your email address will not be published.


*