परिवारका स्वर्गीय सदस्यको स्मृतिमा मन्दिर व्यवस्थापन

राजकुमार भुजेल– दोलखाको भीमेश्वर नगरपालिका–७ उखुबारीका विक्रम शिवभक्तिले परिवारको स्वर्गीय सदस्यहरुको स्मृतिमा सेतीदेवी मन्दिरको छाना र प्राङ्गण निर्माण गर्नु भएको छ । स्वर्गीय हजुरबुबा मानबहादुर शिवभक्ती, हजुरआमा सरस्वती शिवभक्ति, बुबा गोविन्द शिवभक्ति, आमा टंकमाया भुजेल र श्राीमती सरला प्रधानको स्मृतिमा उहाँले मन्दिरको छाना र प्राङ्गण निर्माण गर्नु भएको हो । करिब पाँच लाख लागतमा मन्दिरको छाना र प्राङ्गण निर्माण गरिएको शिवभक्तिले बताउनु भयो । परिवारका स्वर्गीय सदस्यहरुको स्मृतिमा आवश्यक संरचना निर्माण गरी मन्दिरलाई व्यवस्थित बनाइएको उहाँको भनाई छ । उहाँका अनुसार उक्त मन्दिरमा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने गरेको छ । शिवभक्ति लामो समयदेखि अमेरिका बस्दै आउनु भएको छ । त्यहाँ कमाएको धनसम्पतिको केही अंश नेपालमा सामाजिक कार्यका लागि खर्च गर्ने उहाँको भनाई छ।

Shares

Be the first to comment on "परिवारका स्वर्गीय सदस्यको स्मृतिमा मन्दिर व्यवस्थापन"

Leave a comment

Your email address will not be published.


*