विज्ञान प्रर्दशनीमा त्रिभुवन माविद्धारा प्रथम स्थान हासिल

चरिकोट (दीस)–हेटौँडामा भएको बागमती प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा दोलखाको त्रिभुवन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । बागमती प्रदेशमा ११ जिल्ला सहभागि रहेको प्रतियोगितमा विद्यालयले विज्ञानको भौतिक, रासायनिक, जीव शास्त्रसँग सम्बन्धित विभिन्न प्रयोगात्मक प्रर्दशनीहरु देखाउँदै पहिलो स्थान हात पारेको थियो । शनिबार हेटौँडा स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्रअ सन्तोष श्रेष्ठले जानकारी दिनु भयो । प्रर्दशनी शिक्षा निर्देशनालय बागमती प्रदेश गरेको उहाँले बताउनु भयो ।
विज्ञानको प्रयोगात्मक प्रदर्शनीमा स्थानीय तहबाट नै छनौट हुँदै जिल्ला र प्रदेशसम्म आएका ११ जिल्लाका ११ विद्यालयको सहभागिता रहेको थियो । निर्णायक मण्डलले स्थानीय सामग्रीको उपलब्धता, आर्थिक व्ययभार, प्रस्तुतीकरण, प्रभावकारिता लगायतका विषय निर्धारण गरी उनीहरूको प्रस्तुतिको मापन गर्नु भएको थियो । सोही आधारमा निर्णायकले नतिजा सार्वजनिक गर्नु भएको थियो । दोलखामा भएको प्रर्दशनीमा त्रिभुवन मावि प्रथम भएको थियो । सोही प्रतियोगिताको आधारमा प्रदेशस्तरीय प्रर्दशनीमा विद्यालय सहभागि भएको थियो ।प्रदर्शनीमा प्रथम हुने दोलखाको त्रिभुवन माध्यमिक विद्यालयले १५ हजार रुपैयाँ, दोस्रो हुने मकवानपुरको महेन्द्र माध्यमिक विद्यालयले १३ हजार रुपैयाँ, तेस्रो हुने काभ्रेको जनक माध्यमिक विद्यालयले १० हजार रुपैयाँ र सान्त्वना हुने सिन्धुलीको श्री माध्यमिक विद्यालयले ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।