परम्परा तोड्दै १६वर्षे किसोरी बसिन किरिया पुत्री

ईस्वर दहाल

नाम्दु –वैत्यश्वर गाउँपालिका १ कैलेश्वरमा १६ वर्षकी अप्सरा गिरि आफ्नो वावुको मृत्यु भएपछि किरियापुत्रि बसेकि हुन । बाबु जितबहादुर गिरीको ४० वर्षको उमेरमा मृत्युु भएपछि उनी परिवारको सल्लाह अनुरुप आफ्नो बाबुको काजकिरिया गर्न लागेकि हुन। छोराले मात्रै बाबुआमाको काजकिरिया गर्ने चालचलन रहिआएको अस्थामा अप्सराले आफ्नो बाबुको काजकिरिया १६ वर्षकै कलिलो उमेरमा गरेर सबैलाई चकित बनाएकि छन । परिवारमा एउटा ७ वर्षको भाइ ९ वर्षकी बहिनी आमा र फुपु दिदी रहेका छन । अकस्मात बाबुको मृत्यु भएपछि सानो छोरा भएकाले कसलाई काजकिरियाको लागि किरियाुत्रि राख्ने भन्ने भएपछि अप्सराले आफ्नो बाबुको किराया आफैले गर्ने र परिवारले अरुलाइ राख्नुभन्दा जेठि छोरिलाइ नै राख्ने निर्णय गरेकाले अप्सरालाइ नै राखिएको मलामि ज्ञान बहादुर गिरिले जनाए । अप्सरा बाबुको काजकिरिया गर्न किरिया पुत्रि सगै छोराले मात्रै कजकिरिया गर्न सक्छन् भन्ने मान्यतालाइ समेत तोडेकि छिन  ।

Shares

Be the first to comment on "परम्परा तोड्दै १६वर्षे किसोरी बसिन किरिया पुत्री"

Leave a comment

Your email address will not be published.


*