चरिकोट– गोरखापत्रका दोलखा संवादाता बाबुराम शर्मा सम्मानित हुनु भएको छ । शनिबार शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाको पाँचौ सम्मेलनमा उहाँ सम्मानित हुनु भएको हो । जिल्लाबाट शिक्षा क्षेत्रका समाचार सम्प्रेषण गरी पु–याएको योगदानको उच्च मूल्याङकन गरी कदरपत्र सहित उहाँलाई सम्मान गरिएको जनाइएको छ । जिल्ला सम्मलेनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष एवम आरआर क्याम्पसकी एस्सोसियट फ्रोसेसर मोतीकला सुब्बा देवानले नेल्टा अङग्रेजी भषाको विकास गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको बताउनु भयो । “गुणस्तरीय शिक्षामा जोड दिनु यसको मूलभूत उद्देश्य रहेको छ । यो सबैभन्दा ठूलो पेशागत र स्वयमसेवी संस्था पनि हो । ” देवानले भन्नु भयो । नेल्टालाई गाउँस्तरसम्म पुगेर अंग्रेजी भाषाको विकास गर्नुपर्नेमा कार्यक्रमका वक्ताले जोड दिनु भएको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर,मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर,नेल्टा केन्द्रीय वरिष्ट उपाध्यक्ष डा. लक्ष्मण ज्ञवाली, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंंघ जिल्ला अध्यक्ष दीपशंकर चौलागाईँ, शाखाका सल्लाहकार गोपालध्वज श्रेष्ठ र गौरीशंकर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास रिमालले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेल्टा शाखाकी कामु अध्यक्ष विमला गौतमको सभापतित्वमा भएको थियो । शनिबार बन्द सत्र सञ्चालन हुने र आइतबार नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको नेल्टा शाखाका सचिब बालकृष्ण दाहालले जानकारी दिनु भयो
Be the first to comment on "पत्रकार शर्मा सम्मानित"