न्याय हेल्थको सामुहिक गर्भस्याहार कार्यक्रम

दीक्षण समाचार
सिंगटी, ३० फागुन
न्याय हेल्थ नेपालले सुविधाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय, पहुँचयोग्य, एकीकृत स्वास्थ्य सेवा वार्षिक रूपमा सञ्चालन गर्दै आएको छ । मातृ मृत्युदर तथा बाल मृत्युदर घटाउने र समयमै जोखिमपूर्ण गर्भवती पहिचान गरेर माथिल्लो स्वास्थ्य संस्थामा पठाउने उद्देश्यले यस्तो सेवा सञ्चालन गर्दै आएको छ ।
कालिञ्चोक गाउँपालिका र न्याय हेल्थ नेपालको साझेदारीमा कालिञ्चोक गाउँपालिकाको प्रत्येक वडाको एक।एक वटा स्वास्थ्यसंस्थामा सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सामुहिक गर्भ स्याहार कार्यक्रम संचालनमा आएको छ । यस कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई उनीहरुको वडाको स्वास्थ्य संस्थामा प्रत्येक महिनाभेला गरेरएक दिन प्रयोगशाला सेवा र एक दिन अल्ट्रासाउण्ड सेवा साथै शिशु तथा गर्भस्याहार सम्बन्धी सामुहिक परामर्श प्रदान गरिन्छ ।
४ र ६ महिनाका गर्भवती महिलाहरुलाई ल्याब सेवा प्रदान गरिन्छ । ल्याब सेवामा रगत समुह पत्ता लगाउने, रगतमा चिनीको मात्रा, हेमोग्लोबिन, एच. आई. भी., हेपाटाईटिसबि, हेपाटाईटिस सी,सिफलिस, पिसाबमा प्रोटिन र पीएच को मात्राको जांच गरिन्छ ।
त्यस्तै गरी ८ र ९ महिनाका गर्भवती महिलाहरुलाई अल्ट्रासाउण्ड (भिडियो एक्रे) सेवा प्रदान गरिन्छ । अल्ट्रासाउण्डसेवाबाट भ्रुणको स्थिती, उमेर, मुटुको धडकनको दर,सालको स्थिती साथसाथै भ्रुण एकल वा धेरै छ भनेर जांच गरिन्छ ।
समयमा नै प्रयोगशाला र अल्ट्रासाउण्ड सेवाले उच्च जोखिम पत्ता लगाएर समयमा माथिलो स्वास्थ्य सस्थामा प्रेषण गर्न ठूलो मद्धत गर्ने र दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा मातृ मृत्युदरलाई हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने र प्रति हजार जीवित जन्ममा नवजात शिशु मृत्युदरलाई कम्तिमा १२ मा सिमित राख्नठुलो मद्धत गर्नेकालिञ्चोक गाउँपालिकाको सामुदायिक स्वास्थ्य कार्यक्रम एसोसिएट रमेश श्रेष्ठले जानकारी दिए ।
यस्तो सेवा अछाम र दोलखामा सेवा प्राप्त गर्ने भेगका १ लाख ५० हजार भन्दा बढी मानिसहरूलाई एकीकृत प्राथमिक स्वास्थ्यसेवाप्रदान गर्दै आईरहेको छ । साथसाथै सामुदायिक स्वास्थ्यकर्मीहरूको प्रशिक्षित समूह मार्फत जनस्वास्थ्यमा दीर्घकालीन स्वास्थ्य सुधार सुनिश्चित गर्दछर अछामको बयलपाटा अस्पताल र दोलखाको चरिकोट अस्पतालमा सवास्थ्यसेवाहरू प्रदान गर्दछ ।
एकीकृत स्वास्थ्यसेवा मोडेलका तीनमुख्य पक्षहरूमा काम गर्दछ, सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने र स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदानगर्ने, सामुदायिक स्वास्थ्यकर्मीहरूद्वारा घर–घरमा स्वास्थ्य सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्था र घरमा प्रदान गरिने सेवाको अनुकूलन गर्न विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीको प्रयोग गर्ने गरिएको छ ।

Shares

Be the first to comment on "न्याय हेल्थको सामुहिक गर्भस्याहार कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*