नेफ्स्कुनद्धारा “उत्कृष्ट व्यवस्थापक”मा बस्नेत छनोट

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले दोलखामा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपक बस्नेतलाई “उत्कृष्ट व्यवस्थापक”को रुपमा छनोट गरेको छ   । नेफ्स्कुनको ३४ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट साकोस व्यवस्थापकमा बस्नेतलाई छनोट गरेको हो । नेफस्कुनले हरेक वर्ष संघमा आवद्ध प्रारम्भिक संस्था मध्येबाट एकजनालाई उत्कृष्ट व्यवस्थापकको रुपमा छनौट गर्दै आएको छ । नेफस्कुनले उत्कृष्ट घोषित व्यक्तीलाई साधारणसभामा पुरस्कृत गर्ने गरेको छ । बस्नेतले साकोसलाई उत्कृष्ट बनाउन व्यवस्थाकीय भुमिका निभाउदै आएका छन् । नेफस्कुनले यो बर्ष प्रदेशका उत्कृष्ट सहकारी दोलखामा रहेको शिक्षक कल्याण सहकारीलाई छनोट गरेको छ ।मिलीजुली साकोसका पुर्व अध्यक्ष रामदाश श्रेष्ठ लाई “उत्कृष्ट संस्थापकबाट सम्मान गरेको छ ।

Shares

Be the first to comment on "नेफ्स्कुनद्धारा “उत्कृष्ट व्यवस्थापक”मा बस्नेत छनोट"

Leave a comment

Your email address will not be published.


*