शिव सापकोटा /काठमाडौ –नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित हुनुभएको छ। शनिवार सम्पन्न संघको २१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो।संघको प्रथम उपाध्यक्षमा विष्णुभक्त बराईली (काठमाडौ ) र द्वितिय उपाध्यक्षमा सानुबाबु बराईली (धादिङ)निर्वाचित हुनु भएको छ । संघको महासचिवमा बाल कुमार विश्वकर्मा सुमन (काठमाडौ),सचिवमा प्रेम बहादुर विश्वकर्मा (सुनसरी), कोषाध्यक्षमा श्याम कुमार विश्कर्मा (काठमाडौ)र सहकोषाध्यक्षमा सुदिप रसाईली (धादिङ)निर्वाचित हुनु भएको छ । सदस्यहरुमा दिपक धनुके (दोलखा ) कृष्ण गहतराज (रामेछाप),तिलक बहादुर विश्वकर्मा (झापा)देव बहादुर विश्वकर्मा (धनकुटा) नविन रसाईली (काठमाडौ), दिपेन्द्र विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबहादुर विश्वकर्मा,पम्फा श्रेष्ठ,राजिन बराईली,अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज समेत सदस्यमा साधारणसभाले निर्वाचित गरेको छ।त्यसैगरी सुर्य कुमार बराल र दुर्गा बिक सदस्यमा मनोनित हुनु भएको छ । यो कार्यसमिति आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।सुनचाँदी कला व्यवसायी संघमा १ हजार भन्दा बढी सदस्य रहेका छन ।
नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा रिजाल निर्वाचित
Posted By: दीक्षण दैनिक ३१ बैशाख २०८०, आईतवार ०६:१३
२६ पुष २०८१, शुक्रबार ११:४७
हुम्लाको खार्पुनाथमा औषधि अभाव
२६ पुष २०८१, शुक्रबार ११:३७
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
२६ पुष २०८१, शुक्रबार १९:३२
२०८१ पुस २६ गतेको Epaper पढ्नु होस
२६ पुष २०८१, शुक्रबार ११:४४
Be the first to comment on "नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा रिजाल निर्वाचित"