नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा दोलखाली पर्यटन बिकासको क्षेत्रमा चाल्नुपर्ने प्रारम्भिक कदमहरु र प्रबर्धनका केहि सबालहरु

बिष्णु खड्का

दोलखा प्राकृतिक मनोरमता, सांस्कृतिक तथा भाषिक विविधताले सम्पन्न हिमाली जिल्ला हो । धार्मिक तथा ऐतिहासिक महत्वको कालिञ्चोक, भीमेश्वर, शैलुङ्गेश्वर लगायतका स्थलहरू, नेपालको प्रमाणिक समयको आधारमा मानिने गौरीशंकर लगायतका हिमश्रृङखलाहरू, विश्वकै उच्च हिमताल च्छो रोल्पा, दूधकुण्ड लगायतका तालहरू, थामी, जिरेल तथा सुरेल जातिका भाषा र संस्कृतिहरू, हिमाल, पहाड र वेंसीहरूमा पाइने विविध जाति प्रजातिका जीव तथा वनस्पतिहरू दोलखाका पर्यटकीय महत्वका विषयहरू हुन । दोलखा जिल्लाका यी पर्यटकीय क्षेत्रहरूको संरक्षण र सम्बद्र्धन गरी यस भेगका जनताहरूको आर्थिक जीवनमा अपेक्षित सुधार गर्न सकिने सम्भावनाहरू प्रशस्त रहेका छन् ।

पछिल्लो समयमा जसरी चौधौ पञ्च वर्षिय योजनाले देशको समग्र आर्थिक विकासको अभिन्न अंगको रुपमा पर्यटनलाई स्वीकार गरी अग्रपृष्ट भागमा विकास गर्ने र पर्यटन क्षेत्रको विश्व वजारमा नेपाललाई एक विशिष्ट गन्तव्य स्थलको रुपमा स्थापित गर्न प्रचार प्रसार गरी पर्यटन क्षेत्रबाट रोजगारीको श्रृजना र विदेशी मुद्रा आर्जनमा वृद्धि गरी प्राप्त लाभहरुलाई ग्रामिण क्षेत्रसम्म विस्तार गर्ने मुख्य लक्ष्य लियो, त्यसैको निरन्तरताको रुपमा पून, दशौ पञ्च बर्षिय योजनाले र्नििदष्ट गरेको राष्ट्रिय सम्पदाको अनुकरणिय उपयोग र नागरिक उड्डयन सेवालाई सुदृड बनाउदै स्तरिय रुपमा प्रबद्र्धन र ब्यापक रुपमा जनसहभागिताका साथ पर्यटनको दिगो बिकास र गन्तब्यहरुको बिस्तार गर्ने लक्ष्य अनुरुप पर्यटन स्थलको विकास तथा विस्तार, पर्यटकिय पूर्बधारहरुको विकास, पर्यटन वजार प्रवद्र्धन तथा बिस्तार, पर्यटकिय आकर्षण विस्तार तथा विकेन्द्रिकरण, हवाई यातायातको सेवामा विकास, वातावरण संरक्षण र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न निजी तथा साझेदारी संघ–संस्थाहरुलाई उत्प्रेरीत गराउन अत्यन्त प्रभावकारी नीति अख्तियार गरेको थियो ।

यस बिच राष्ट्रिय अन्तराष्ट्रिय जगतले भोग्न परेको विविध खाले बिपत्तिहरु तथा द्धन्द्धहरुको कारण बिश्वब्यापी रुपमा पर्यटन जगतले थुप्रै आरोह अबरोहहरुको सामाना गर्नु पर्यो त्यसैको परिणाम स्वरुप पर्यटन जगत निर्दिष्टि गरेका धेरै प्रकारका संभावना र प्राप्तिहरुबाट बञ्चित हुनु परेको हो ।

चौधौ योजनाले समग्र मुलुकलाई नै पर्यटन मार्फत आर्थिक रुपमा सन्तुलित तथा क्षेत्रिय बिकासको क्षेत्रमा सन्तुलन कायम गर्ने निति अख्तियार गरेको सन्दर्भमा दोलखामा यसका सान्दर्भिकता, बिकासको संभावना र दोलखालीहरुको बहन गर्नुपर्ने निम्नतम दायित्वहरुको सन्दर्भमा चर्चा गर्नु आबश्यकता बनेको छ । साथै पर्यटन बिकासमा प्रभावकारी कार्यन्वयन तथा बिगतमा नेपालका अन्य गन्तब्यका क्षेत्रहरुले भागेका सफलता र असफलता बाट सिकेर एउटा साझा तथा दिगो बाटो निर्दिष्ट गर्नुपर्दछ र दोलखालीहरुले आफुलाई तथा आफनो भूभाग एउटा नमुनायोग्य पर्यटकिय गन्तब्यको रुपमा बिकास गरी हेरी खाने नभई गरी खाने अर्थात सिंगो उद्योगको मालिकको रुपमा स्थापित गर्न सक्नुपर्दछ ।
नेपालको आर्थिक विकास र सम्बृद्धि तर्फको अभियानका लागि यहँको भएको प्राकृतिक साधनहरु र संमाव्यताहरुको उच्चतम उपयोग गर्नुपर्छ भन्ने कुरामा अब विवाद गरि रहन जरुरी छैन । यहाँ उपलव्ध प्राकृतिक साधनमा जलश्रोत र पर्यटन प्रमुख अवसरहरु हुन । नेपालमा पर्यटन क्षेत्रको विकास २०४६ सालको राजीतिक परिवर्तनपछि तीब्र रुपमा हुन शुरु गरेको हो । सरकारले लिएको उदार नीतिको फलस्वरुप होटल, ट्राभल एजेन्सी, विमान सेवा सञ्चालन कम्पनीहरु आदिमा उल्लेख्य वृद्धि वि.सं. भई २०७५ सालसम्म पर्यटकहरुको आगमनको संख्या र पर्यटक बसाइ अवधि पनि उल्लेख्य रुपमा बढेको थियो। चीन र भारत लगायतका बाहय पर्यटकहरुको आगमन संख्या करिब ११ लाखको हाराहारीमा छ। यो तथ्यलाई आधार मान्दा नेपालले उक्त बर्षमा ६७.९ विलीयन रकम पर्यटन उद्योगबाट मात्र आर्जन गरेको तथ्यांक रहेको छ ।

२०७६/७७ को बजेट बक्तव्यमा पर्यटनको बिकास र प्रबर्घन नेपाल सरकारको उच्च प्रथामिकतामा रहेको छ । पर्यटकहरुको आगमन संख्यालाई बृद्दि गर्न बिगतका झै भिजिट नेपाल २०२० आयोजना गर्ने उद्देश्यका साथ विविध तयारीका कार्यहरु भईरहेका छन् । तथापि, पर्यटन क्षेत्रको विकासका लागि आवश्यक ग्रामीण पूर्वाधार, भरपर्दो र पर्याप्त आन्तरिक तथा वाह्य वायुसेवा, होटल एवं पर्यटन व्यवसायमा सुधार आउन सकेको छैन भने बेला बेलामा हुने बन्द हडताल आदिका कारण प्रभावित भएको पर्यटन क्षेत्रले अझै पुरापुर गति लिन सकेको छैन । स्थानीय क्षेत्रको पर्यटन विकासको लागि स्थानीय तहबाट स्थानीय सम्भावना र आवश्यकतालाई मध्ये नजर गरी पर्यटन क्षेत्रको योजना निर्माण तथा कार्यान्वयन गर्ने अभ्यास अझै हुन सकेको छ्रैन।
ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेशी, आदिवासी जनजाती र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँच भित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने पर्यटन नीति २०६५ अनुसार मन्त्रालयले होमस्टे संचालन कार्यविधि, २०६७ बनाई जारी गरेको छ । यसरी नै कृषि पर्यटन प्रबर्धन कार्यक्रम कार्यविधि २०७५ स्वीकृत भई लागु भैसकेको अवस्था छ।

पर्यटन हार्दिकता तथा आथित्यको उद्योग हो । यस्लाई बिकास र बिस्तार गर्ने कार्य आफैमा चुनौतीपूर्ण छ । स्थानिय बासिन्दाहरु हुनुपर्र्नेे जनचेतना, समझदारी, तथा सामुहिक प्रयास तथा पर्यटन बजारमा आफनो गन्तब्यको प्रचार प्रसार गर्ने कार्यको निर्वाहका अलावा पर्यटकिय आर्कषणको बिकास र बिस्तार गर्न धेरै खाले सहकार्य तथा समन्वयको क्षेत्रमा कार्य गर्न जरुरी पर्दछ । बिकास वा परिबर्तन तर्फ उन्मुख कार्यहरुको सफलता सर्ब प्रथम प्रभावकारी रुपमा गरिएको योजना तर्जुमा र कार्यन्वयनको दक्षतामा निर्भर गर्दछ, त्यसैले यो अभियानमा बिषय बिज्ञहरु, ब्यबसायीहरु, मिडीया तथा सरकारी तथा निजी क्षेत्र सबैको उत्तिकै महत्वपूर्ण भूमिकाको जरुरी छ । दोलखालाई स्वदेश तथा बिश्व सामु चिनाउन र सबै खाले पर्यटनको गतिबिधिहरु प्रति आकर्षित गराउन विविध कार्यहरु गर्न आबश्यक छ ।

समग्र जिल्लाको आर्थिक बिकासको संभावनाका खोजी गरी आर्थिक रुपमा दोलखालीहरुलाई आत्म निर्भर बनाउने ध्येयले सिगाें मुलुकले झै यस जिल्लाले पनि आफनो बिकासका मार्गदर्शन तय गरिसकेको अबस्था छ । जिल्लाको आवधिक योजनामा समेत पर्यटनलाई जलस्रोत पछिको दोस्रो प्राथामिकतामा राखिएको छ । एकाध महोत्सवका कार्यक्रमका आयोजनाहरुलाई छाडेर हेर्ने हो भने पर्यटनको क्षेत्रमा स्थानिय स्तरबाट खासै कार्यहरु गरिएका छैनन् भन्दा पूर्बाग्रही भएको ठहरिदैन् । दोलखामा पर्यटनको क्षेत्रमा गर्नुपर्ने कार्यहरु धेरै देखिन्छन । पर्यटन बारेमा बिषय प्रबेश तथा छलफलमा बिषयका उठानमा मात्र चित्त बुझाएर बस्ने हो भने योजनाहरुको उपाद्येयता खोज्नुपर्ने हुन्छ । निर्दिष्ट योजना तथा कार्यक्रम र परियोजनाहरुको निरन्तर कार्यन्वयन तर्फको समर्पण र प्रतिबद्धताका साथै उत्तरदायित्वको उचित बहन र सामुहिक प्रयत्न नै सारमा दोलखालीहरुको काँधमा आएको अवसर तथा चूनौतिहरु हुन् ।

पर्याबरणिय आकर्षण, जातिय तथा साँस्कृतिक विविधता र पुरातात्विक महत्वका सम्पदाहरु तथा मनोरम प्राकृतिकल दृश्यहरु आदिका कारण, पर्यटन गन्तव्यको पर्याय मानिने यो जिल्लालाई पर्यावरणिय सन्तुलन कायम गर्दै भौतिक तथा सामाजिक पुर्वाधार विकासको साथ गरिवी निवारणको राष्ट्रिय लक्ष्यमा टेवा पु¥याउन तथा जिल्लाको आर्थिक जीबनलाई प्रभावकारी र पहँुचयोग्य गराउन सबै पक्ष सचेतता तथा जागरुकताको अपरीहार्य छ ।

दोलखामा संभाव्य पर्यटन गतिबिधि

दोलखा नेपालकै पर्यटकिय गन्तव्यको दृष्टिले एक महत्वपूर्ण जिल्ला हो । प्राकृतिक मनोरमता, साँस्कृतिक विविधता, पर्बतिय पर्यटनको संभावना, सहज पहुँचको ब्यबस्था तथा उपलब्ध पूर्बधारहरु यहाँको प्रमुख पर्यटकिय बिशेषताहरु हुन । समग्र जिल्ला मूलत, पर्बतिय गतिविधि अर्थात चुचुरा आरोहण र आरोहण प्रशिक्षण तथा प्राकृतिक तथा साँस्कृतिक पर्यटकिय गतिविधिहरु गर्न सकिने प्रचरुता रहेको छ ।
संक्षेपमा जिल्लाको प्रमुख पर्यटकिय केन्द्र गौरीशंकर हिमाल, शैलुङडाँडा, कालिञ्चोक भगवती, भीमेश्वर मन्दिर, देउलाङगेश्वर महादेव मन्दिर, विगु गुम्वा, वेदिङ गाँउ, लप्ची क्षेत्र, जिरी वजार, च्छोरोल्पा हिमताल आदि हुन् । दोलखा, ऐतिहासिक महत्वका दृष्टिले नेपालको पहिलो चाँदीको मुद्रा प्रचलनमा ल्याउने स्वतन्त्र राज्यको रुपमा स्थापत थियो भने स्वाभाबिक रुपमा कला सँस्कृति तथा त्यस संग सम्बन्धित ऐतिहासिक महत्वका बिषयहरुमा यस्को भिन्नै तथा महत्वपूर्ण बिषय थियो भने दोलखा बजार, किराँत वंशको ऐतिहासिक स्थल किंराँतीछाप, शिब पार्बतीका बासस्थलको रुपमा रहेको गौरा पर्बत, अर्थात गौरीशकंर हिमाल महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थलहरु हुन् ।
प्राकृतिक पर्यटनका क्षेत्रका, रुपमा रोल्वालिङ हिमश्रंखला, शैलुङ मनोरम क्षेत्र, कालिञ्चोक हुदै बिगु तथा लप्ची श्रंखला क्षेत्र तथा जिरी उपत्यका आदि रहेका छन । प्राकृतिक बनस्पतीमा उष्ण सदावहार वन क्षेत्रदेखि लेकाली र शितमरुस्थलीय बनस्पति र यसमा पाइने विविधता र बिभिन्न मनोरम ताल तलैया लगायतका विभिन्न कस्तुरी मीर्ग, हिमचितूवा, हिम भेडा आदिको दृश्यवालोकन गर्न सकिन्छ ।
सांस्कृतिक पर्यटन, दोलखाको अर्को महत्वपूर्ण संभावना हो । दोलखामा मात्र पाइने थामी, जिरेल, सुरेल जातीको रहन, सहन तथा संंस्कृति पर्यटकिय आर्कषणको केन्द्र हुन सक्दछ । दोलखा र यहाँका नेवार जातीको संस्कार तथा सांस्कृतिक गतिबिधिहरु अझ पर्यटकिय दृष्टिले महत्वपुर्ण छन । करीब चार दर्जन भन्दा बढी सगरमाथा आरोहीहरुको बासस्थानको रुपमा रहेको बेदिङ गांउ र शेर्पा जीवनशैली त्यत्तिकै महत्वपूर्ण छ ।
धार्मिक पर्यटनका महत्वका दृष्टिले बिगुु गुम्बा, सुुुस्पा, लप्ची तथा शैलुङ गुम्बाहरु साथै दोलखा भिमसेन, कालिञ्चोक भगवती, देउलागेंंंश्वर माहदेव मन्दिर, दुधकुण्ड, पांच पोखरी साथै जटा पोखरी प्रसिद्द रहेका छन । बर्षेनी आन्तरिक धार्मिक पर्यटकहरु आकर्षित लप्ची गुम्बा र मिलारेपा गुफा बौद्धमागी र पर्यटनका लागि ज्यादै महत्वपूर्ण छन् ।
साहासिक पर्यटन, हिमाल आरोहणका पूर्ब प्रशिक्षणका रुपमा रहेका ६००० मी भन्दा अग्ला चुचुराहरु आरोहणका दृष्टिले रोल्वालिङ क्षेत्र महत्वपूर्ण छ । करीव आधा दर्जन हिमचुचुराहरु र गौरीशकंर हिमाल क्षेत्रका माथिल्लो भूभागहरु साहसिक पर्यटनका गतिविधिहरुको प्रचुर संभावना बोकेको छ । यस क्षेत्रका प्रमुख गौरीशकंर ७१४६ मी, छुकिमा गो ६२५९ मी, बिगफेरा ६७३० मी ,यालुङरी, ५६३० मी, काङनाछुगो ६७३५मी, छेकिगो ६२५७ मी, चेबुच्छे, ६६८९ मी, रामदिङ ५९३० मी, मेलङूत्से हिमाल ७१८६ मी आदि हिम चुचुराहरु आरोहण प्रशिक्षण बिद्यालयका रुपमा स्थापना गर्न सकिन्छ ।
नेपालको सबै भन्दा ठुलो च्छोरोल्पा हिमताल, तामाकोशी नदी तथा अन्य नदि नालाहरुमा, राफटीङ, क्याकिङ कायकिङ आदिको संभावना प्रचूर रहेको छ । यहा रहेको म्याग्नेसाइट खानी, स्लेट खानी तथा फलाम खानी आदि पनि पर्यटनका दृष्टिले महत्वपूर्ण छन् ।

दोलखाको पर्यटन बिकासको क्षेत्रमा देखिएका बर्तमान केहि चुनौतीहरु
पर्यटनलाई बैकपिल्क आय आर्जनको क्षेत्रका बिकास गर्ने तथा नेपालको सन्दर्भमा दोलखालाई एक महत्वपूर्ण पर्यटकिय गन्तव्यको रुपमा प्रबद्र्धन गर्न दोलखाको सामु थुप्रै संभावनाहरु रहेपनि यस क्षेत्रमा चुनौतीहरुको पनि कमि छैन्न । योजना, ब्यबस्थापन, र प्रचार प्रसार, तथा समन्वयको आधारमा बुदाँगत रुपमा यस क्षेत्रले भोग्नु परेका चुनौतीहरु यस प्रकार उललेख गर्न सकिन्छ ः

  •  पर्यटकिय स्थलहरुको अध्यावधिक तथ्याकंहरु र सो को आधारमा बिकासका पूर्बाधार तथा बजार प्रबद्र्धनको योजना तयार भइ नसकेको ।
  • राष्ट्रिय पर्यटन बिकास र प्रबद्र्धन निति तथा योजनाहरुको तर्जुमाहरुमा दोलखाको प्रभावकारी पहुंच तथा संलग्नता नदेखिएको ।
  •  पर्यटन क्षेत्रका पूर्बधार तथा प्रबद्र्धनको क्षेत्रमा सरकारी तथा गैर सरकारी निकायहरुको प्रभावकारी समन्वय र सहकार्य नदेखिएको ।
  • पर्यटन सम्बन्धि तर्जुमा गरीएका विविध गतिबिधिहरुको उचित कार्यन्वयन गर्न नसकिएको ।
  •  बिश्व पर्यटन बजारमा दोलखाको पहिचान गराउने सुचना तथा प्रचार प्रसारमा कमि रहेको र सो कार्य लगायत प्रबद्र्धनको क्षेत्रमा प्रभावकारी कदम चाल्न नसकिएको ।
  •  पर्यटकिय जनशक्ति तथा गन्तब्यका क्षेत्रहरुमा स्तरिय सुबिधाहरुको साथै पहुचका क्षेत्रमा स्तरोन्नति गर्न नसकिएकोे ।
  • विविध प्रकारका समाजिक तथा साँस्कृतिक महत्वका बिषयहरुको जर्गेना तथा एकिकृत रुपमा आकर्षणका पक्षहरुको अर्थात टुरिजम प्रडकको विविधिकरण तर्फ कार्य हुन नसकेको ।
  • पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न आबश्यक स्रोत साधनको ब्यबस्थापन गर्न नसकिएको अबस्था आदि ।

यसरी विविध प्रकारका चुनौतिहरुको अलवा दोलखालाई अन्य गन्तब्यको तुलनामा प्रबद्र्धन गर्न यसका धेरै सबल पक्षहरु
यस योजनाका महत्वपूर्ण खम्बाहरुको रुपमा रहनेछन् । तत्कालिन तथा दिर्घकालिन रुपमा यी सबल पक्षहरु पर्यटन प्रबर्धनका क्षेत्रमा जरुरै सहायक सिद्ध हुनेछन् । हाल सम्मको अबस्थालाई मध्यनजर गर्दा दोलखली पर्यटन बिकासको यात्रामा अवसरको रुपमा निम्नुसारका कार्यहरुलाई अवसरको रुपमा हेर्न सकिन्छ ः

  • पर्यटनलाई आवधिक विकाश योजनामा दोस्रो प्राथमिकिकरणमा राखेको साथै रोवालिङ क्षेत्रको दिगो पर्यटनको व्यवस्थापनलाई साकार पार्न रोल्वालिङ क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्ने कार्यको थालनी भएको ।

  •  नेपाल सरकारको चौधौ योजनाले तय गरेको ग्रामिण पर्यटन र गरिबी निवारणको अवधारणा कार्यको कार्यन्वयन साथै काठमाण्डौ लामावगर राजमार्ग निर्माण कार्य र माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण प्रारम्भ भएको अवस्थाले रोल्वालिङ क्षेत्र, पर्यावरणिय व्यवस्थापन, गन्तव्यमा सजिलो पहँुचतालाई व्यवस्थित पार्ने अवस्था देखिन्छ ।

  • एकै जिल्लाको भूगोलमा थामी, जिरेल र सूरेल जस्ता बिशेष जातीका मानिसहरुको बाक्लो बस्ति भएको क्षेत्र जो विशेष सांस्कृतिक दृष्टिले आफैमा अतुलनिय छ, यी क्षेत्रहरुलाई ग्रामिण पर्यटनको अवधारणा अनुसार विकास र विस्तार गर्न सकिने बलियो अवसर छ ।

  • रोल्वालिङ क्षेत्रमा अवस्थित हिमचुचराहरुलाई आरोहण शिक्षणको स्थलको रुपमा विकास गर्न सकिने भएकोले साथै दिगो पर्यावरणिय पर्यटन विकास कार्यका लागि स्थानिय स्तरबाट व्यवस्थापन कार्यको भूमिका निर्वाह गर्न आवश्यक पूर्व तयारी भैसकेको अवस्था ।

  • प्राकृतिक मनोरमतामा, अतिरिक्त कस्तुरीपालन, जडीबुटी खेती आदि पनि पर्यकिय आकर्षणलाई बृद्धि गर्न सहायक हुन सक्दछ ।

  • पछिल्ला समयहरुमा क्रमस, बिकास हुन लागेको सेवाका गतिविधिहरुको उचित प्रवन्ध कार्यहरु, सेवा शुल्क निर्धारण र एक रुपतालाई अंगिकार गर्ने कार्र्य, पर्यटन प्रर्वधन कार्यका लागि गाईडबुक, डकुमेन्ट्री फिल्म, ब्रोसर आदिको निर्माण कार्य तथा स्थानिय तवरमा सेवामुलक कार्यहरु, गाईड (पथ प्रदर्शक) भरिया साथै होटेल, लज ब्यवस्थापन सम्बन्धी तालिम तथा स्तरिय सेवाको निश्चितताका लागि आचार संहिताको सबालमा जागरुकता आदि प्रबद्र्धनका क्षेत्रमा गरिएका केहि आशा लाग्दा पक्षहरु हुन् ।

  • पर्यटन पूर्वाधारहरु, मनोरन्जन पार्कहरु, क्याम्पीङ साईट, बाटोघाटो र दृश्यावलोकन केन्द्र आदिको व्यवस्थापन र संचालनको अबस्था सकारात्मक रहेको छ ।

  • दिगो पर्यटन व्यवस्थापन कार्यका लागि राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा समन्वय गर्न गराउन, गन्तव्यको उचित व्यवस्यापनलाई विभिन्न निति, नियम र आचार संहिता विकाश गरी कार्यन्वयन गराउन सरकार तथा निजि क्षेत्रका बड्दो चासोलाई पनि सकारात्मक मान्न सकिन्छ ।

  • छ दर्जनका हाराहारीमा सगरमाथा आरोहीहरूको जन्मथलो गौरीशकंरको बेदिङ, सगरमाथा आरोहणको क्षेत्रमा विश्व किर्तिमानी साना उमेरका आरोही तथा छोटो समयमा सगरमाथाको आरोहण गर्ने किर्तिमानी आरोहीहरुको जन्मस्थल, साहसी विश्व साइकल यात्री पुष्कर शाहको जन्मथलो दोलखा हुनु आफैमा पर्यटकिय आकर्षणहरु हुन ।

  • चार्टड उडान मार्फत काठमाण्डौ चरिकोट र जिरीको हवाई यात्राको सहज संभावना छ ।

  • सगरमाथा क्षेत्रको भ्रमण सकाएर सोलुको थामे हुदै ना, बेदिङ सिमीगाँउबााट चरीकोट हुदै काठमाण्डौ फर्कने र चरिकोट हुदै सिमीगाँउबााट, बेदिङ, ना, भएर तासीलाप्सा पास चढेर थामे हुदै सगरमाथा क्षेत्र जाने शाहसिक पर्यटनका प्रबेशद्धारको रुपमा बिकास गर्ने सकिने अबस्था रहेको छ।

पर्यटनलाई उद्योगको रुपमा स्थापना गरि समग्र गन्तब्यका स्थानियबासीहरुको आर्थिक जीबनको सुधारमा केहि राहतको महशूस गराउदै दिगो रुपमा पर्यटनको मार्गदर्शन तय गरि लैजानु पर्ने हुन्छ । यस क्षेत्रको प्रभावकारी बिकास र प्रबर्धनका लागि गर्नुपर्ने कार्यहरु धेरै भएता पनि तत्कालमा देहायका कार्यहरु कार्यन्वयन हुन सके गन्तब्यका रुपमा जिल्लालाई दिगो गन्तव्य क्षेत्रको रुपमा खरो उतार्न सकिनेछ ।

  • कार्यहरुः
    नितीगत तथा ब्यबस्थापकिय पक्षका कार्यहरुः
  • समग्र जिल्लाको एकिकृत पर्यटन गुरुयोजना तयार गर्ने ।
  • पर्यटन कार्ययोजना र कार्यविधिको तर्जुमा गर्ने ।
  • पर्यटन आचार संहिता तयार गर्ने र कार्यन्वयन गर्ने ।
  • निजि, सार्वजनिक तथा सरकारी क्षेत्रसंग समन्वय तथमा सहकार्य ।
  • नियमित अनुगमण तथा मूल्याकंनका कार्य गर्दे दण्ड र पुरस्कारको व्यवस्था गर्ने ।

पूर्बधार सम्बन्धिका कार्यहरु ः

  • होटल लज, क्याम्पसाइट, पाहुना कोठा, आदिमा सुधार तथा बिस्तार ।
  • पैदलमार्गको तथा गन्तब्यको क्षेत्रमा अबस्थित गाँउ तथा बस्तिहरुमा खानेपानी, बाटो, शौचालय जस्ता आधारभूत सुविधाहरुको बिकास ।
  • सामुदायिक विक्रि भण्डारको व्यवस्था गर्ने।
  • पर्यटकिय क्षेत्रहरुमा पर्यटन सुचना पार्टीहरुको व्यवस्था गर्ने
  • पैदलमार्ग र सामुदाय क्षेत्रमा फोहर मैला व्यवस्थापनको कार्य गर्ने,
  • भरिया तथा स्थानिय पथ प्रदर्शकहरुको व्यवस्था गर्ने ।
  • संस्कृति तथा परम्परा जर्गेना गर्ने, मठमन्दिर, गुम्बा आदिको मर्मत सुधार गर्ने ।
  • संस्कृति तथा परम्परा जर्गेना गर्न मठ मन्दिर, गुम्बा आदिको मर्मत सुधार गर्ने ।
  • साँस्कृतिक, प्राकृतिक तथा शाहसिक गतिविधिहरुलाई झल्काउने किसिमका संग्रालयहरुको स्थापना गर्ने ।
  • हरेक गाउ बस्तिहरुमा प्राथमिक उपचारको साथै आकस्मिक उद्धारको व्यवस्था गर्ने
  •                                    प्रबद्र्धनको क्षेत्रका कार्यहरु
  • टे«किङ, ट्राभल्स एजेन्सीहरुसंग समन्वयको कार्यहरु गर्ने ।
  • पर्यटक भ्रमण पात्रोको निर्माण गरी मौसम अनुसार तथा साँस्कृतिक पर्व अनुसारको गतिविधिहरुको विकास गर्ने ।
  • पर्यटकिय बिषयहरुको बारेमा पर्चा, पम्प्लेट, ब्रोसर आदिको बिकास तथा प्रचार प्रसार गर्ने ।
  • बिद्युतिय माध्यायमको बेव साईटहरुको बिकास तथा प्रचार प्रसार गर्ने
  • पर्यटन आबद्ध सरकारी तथा निजी क्षेत्रसंगको सहकार्य स्थापित गर्ने कार्य ।
  • नबिनतम पदयात्रा तथा गन्तब्पको क्षेत्रहरको खोज गरी प्रबद्र्धनका कार्यहरु गर्ने ।
  •                         स्थानिय स्तरमा पर्यटकिय उत्पादनका विविधिकरण तर्फः
  • वातबरणिय संरक्षण शिविरहरु तथा जनचेतनामूलक कार्यहरु गर्ने ।
  • स्थानिय संस्कृति झल्काउने पोशाकहरुको उत्पादन जस्तै, ऊनबाट बन्ने राडी, पाखी, लुकुनी आदिको उत्पादन ।
  • साँस्कृतिक कार्यक्रम, नाँच गान, तामाङ सेलो, भजन आदिको संरक्षण तथा प्रबद्र्धन गर्ने।
  • कृषिमा व्यबसायिकीकरण तथा करेसावारीको आधुनिक विकास गर्ने।
  • फलफुल खेती, दुग्ध उत्पादन, कृषिजन्य उत्पादनमा सहयोग गर्ने।
  • सिलाई बुनाई तालिमको व्यवस्था गर्ने।
  • बाँस, निगांला तथा काठमा आधारित हस्तकलाका सामानहरु उत्पादन गर्ने
  • होटल तथा लज व्यवस्थापन तालिम प्रदान गर्ने।

                           शिक्षा तथा चेतनामूलक कार्यहरुः
    वातावरण संरक्षण र व्यवस्थापनका कार्य गर्ने ।
     आधारभूत पर्यटन शिक्षा कक्षा प्रदान गर्ने ।
   आथित्य सत्कार सम्बन्धि चेतनामूलक शिक्षा प्रदान गर्ने ।

अल्पकालिन योजना
क. दोलखा जिल्लाको पर्यटन क्षेत्रको विकास,विस्तार र प्रवर्धनका लागि गुरु योजनाको निर्माण हुनु पर्ने,
ख. पर्यटन सम्बन्धी सूचनाहरूको संकलन र सम्प्रेषणको लागि जिल्ला सदरमुकाम चरिकोट,जिरी र सिंगटीमा पर्यटन सूचना केन्द्रको स्थापना गरिनु पर्ने
ग. दोलखा जिल्लालाई राष्ट्रिय पर्यटन गन्तब्य स्थल घोषणा गरिनु पर्ने
घ. दोलखा जिल्लाभित्र रहेका तामाङ, नेवार, थामी, जिरेल, सुरेल, सुनुवार, शेर्पा र माझी लगायतको समुदायहरूको सांस्कृतिक तथा जातिय पहिचानको संरक्षण लागि संग्रालयको व्यवस्था गरिनु पर्ने
ङ. रोल्वालिङ हिमाल श्रृङखला अन्तर्गत रहेका गौरी शंकर लगायतका हिमालहरूको दृष्यवलोकनका लागि जिल्लाको विभिन्न स्थानहरूमा भ्यू–टावरको व्यवस्था गरिनु पर्ने
च. भीमेश्वर मन्दिर, कालिञ्चोक ,शैलुङ्गेश्वर ,देउलाङ्गेश्वर, हनुमन्तेश्वर लगायतका धार्मिक तथा पूर्ण प्राकृतिक स्थलहरूको संरक्षण तथा सम्वर्धनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने ।
छ. दोलखा जिल्लाको भौगोलिक जातिय, सांस्कृतिक धार्मिक तथा सांस्कृतिक विविधताहरू संरक्षण र सम्बर्धनका लागि अध्ययन अनुसन्धान केन्द्रहरूको विकास गरिनु पर्ने ।
ज. बिगु, लप्ची लगायतका क्षेत्रहरूको विकासका लागि विशेष कार्यक्रमहरू व्यवस्था गरिनु पर्ने ।
झ. दोलखा जिल्लाका विभिन्न क्षेत्रहरूलाई पर्या–पर्यटन इको क्षेत्रको रुपमा विकास गरिनु पर्ने

दीर्घकालिन योजनाहरू

क. सिङगोे मुलुकको पर्यटन क्षेत्रको प्रबर्धनका लागि प्राकृतिक ,सांस्कृतिक तथा भाषिक विविधताले सम्पन्न हिमाली जिल्ला दोलखामा पर्यटन सम्बन्धी उच्च शिक्षाको अध्ययन गर्ने प्रतिष्ठानको स्थापना गरिनु पर्ने ।
ख. तामाकोसीमा राप्mटिङ, सञ्चालन हुनु पर्ने ।
ग. चो–रोल्पा, दूध कुण्ड लगायतका उच्च क्षेत्रमा रहेका तालहरूको उचित संरक्षण र सम्बर्धन गरी पर्यटक केन्द्रको रुपमा विकास गरिनु गरिनु पर्ने ।
घ. दोलखा भिमेश्वर लगायत अन्य धार्मिक धरोहरको संरक्षण र सम्बर्धन गरी धार्मिक तथा साँस्कृतिक पर्यटनको बिकास गरिन पर्दछ ।

सन्दर्भ नेपाल भ्रमण बर्षको भएता पनि गन्तव्यको रुपमा दोलखालाई स्थापित गर्न कुनै अवसर तथा समय तालिकाको दायरामा राखेर हेरिनु हुन्न, यो एउटा बिकासको निरन्तर अभिायान बनीरहोस तथा अगामी पुस्ताहरुको समेत सम्पतिको रुपमा र क्षेत्रिय बिकासको सन्तुलन कायम राख्दै, बिश्व भाइचारा तथा शान्ति कायम राख्ने र सम्बृद्द राष्ट्र निर्माणको सुत्र बनोस स्थानिय सरकार, सरोकारवालाहरु तथा बिशेषत जिल्लाभरिका पर्यटकीय सेवामा आबद्द सबैको ध्यान जाओस यहि शुभकामणा नेपाल भ्रमण बर्ष २०२० को ।

Shares

Be the first to comment on "नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा दोलखाली पर्यटन बिकासको क्षेत्रमा चाल्नुपर्ने प्रारम्भिक कदमहरु र प्रबर्धनका केहि सबालहरु"

Leave a comment

Your email address will not be published.


*