नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

चरिकोट(दीस): नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको छ । विहिवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यता वितरणमा गरेको विभेदका विरुद्ध तालाबन्दी गरेका हुन् ।
विहिवार प्रेस चौतारी नेपाल तथा समाजवादी प्रेस संगठनले संयुक्त रुपमा सदस्यतामा गरिएको विभेदका विरुद्ध दोलखा शाखामा तालाबन्दी गरेको प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलले जानकारी दिनुभयो । शाखाले दोलखाका ९५ सदस्यहरूको सदस्यता यथावत् कायम गर्न र निष्पक्ष निर्वाचन प्रक्रियालाई अघि बढाउन माग गर्दै तालाबन्दी गरेको उहाँको भनाई रहेको छ ।
हालै सार्वजनिक गरिएको नेपाल पत्रकार महासंघका सदस्यको अन्तिम नामावलीमा केही शिक्षकको नाम पूर्वाग्रहसाथ हटाइएको छ भने केहीको नविकरण  गरिएको छ । यस्तै सहकारीमा कार्यरत कसैको नाम काटिएको छ भने कसैको नविकरण गरिएको छ । क्रियाशिल पत्रकारहरुको नाम हटाइएको छ भने समाचारनै नलेख्नेहरुको नाम  बदनीयत पुर्वक राखिएको दोलखाका  पत्रकारहरुको आरोप छ ।

 

Shares

Be the first to comment on "नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी"

Leave a comment

Your email address will not be published.


*