चरिकोट (दीस) ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैत्यश्वर गाउँपालिकाको दोस्रो सम्मेलनबाट भुवन घिमिरे सर्वसम्मत अध्यक्ष चयन हुनु भएको छ। आज सम्पन्न सम्मेलनले घिमिरेको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी गठन गरेको छ।
नवनिर्वाचित नेतृत्वमा उपाध्यक्षहरुमा लालकाजी बस्नेत र सालिकराम उप्रेती चयन भएका छन्। सचिवमा विनोद घिमिरे, सह–सचिवमा उसा तामाङ, र कोषाध्यक्षमा अम्मर तामाङ चयन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । सम्मेलनमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
Be the first to comment on "नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैत्यश्वर गाउँपालिकाको अध्यक्षमा घिमिरे चयन"