दीक्षण समाचार
चरिकोट, बैशाख १६
नेपाली काँग्रेस दोलखाले पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने र भविष्यमा कांग्रेस हुन समेत अयोग्य हुने गरी निष्कासन गरेको छ । स्थानीय तहको निर्वाचनको बेला अन्य पार्टीलाई मद्धत पुग्ने कार्य गरेकोले पाँच जना नेतालाई निष्कासन गरिएको कांग्रेस सभापति बर्मा लामाले प्रेश विज्ञप्तिमार्फत जानकारी गराउनुभयो । “पार्टीको विधी विधान विपरीत आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य पार्टीलाई मद्धत पुग्ने कार्य गरेको ठहर गर्दै उहाँहरुलाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि भविष्यमा नेपाली कांग्रेस हुन समेत अयोग्य ठहरिने गरि निस्कासित गरिएको छ ।” विज्ञप्तिमा भनिएको छ ।
निष्कासनमा परेका नेताहरु
१) पूर्व जिल्ला पार्टी उप–सभापति छविलाल मोक्तान
२) मेलुङ–४ः– पूर्व वडा अध्यक्ष छत्र बहादुर तामाङ
३) कालिञ्चोक गाउँपालिका–४ः– वडा सभापति केदार कार्की
४) क्षेत्रिय प्रतिनिधि यम बहादुर कार्की
५) कालिञ्चोक गाउँपालिका–१ का वडासभापति, सहदेव खड्का
Be the first to comment on "नेपाली कांग्रेस दोलखाद्धारा पाँच नेतालाई निष्कासन"