चरिकोट (दीस) –नेपाली कांग्रेस दोलखाको जिल्ला नेतृत्व तथा केन्द्रीय महाधिवेशन प्रतिनिधीे छनोटको लागि शनिवार ५० प्रतिशत प्रतिनिधीले मतदान गरेका छन् । जिल्ला नेतृत्व तथा केन्द्रीय महाधिवेशन प्रतिनिधीको छनोटको लागि सहमति हुन नसकेपछि शनिबारबाट निर्वाचन सुरु भएको छ । ढिला सुरु भएको मतदानमा शनिबार बेलुका ६ बजेसम्म ८ सय प्रतिनिधीले मतदान गरेसँगै निर्वाचन आइतबार सम्मको लागि स्थगित गरिएको छ । आइतबार बिहान ८ बजे देखी मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदान प्रक्रियामा १५ सय ९३ जना प्रतिनिधीले मतदान गर्दै छन् । १४ औ जिल्ला अधिवेशनमा नेपाली कांग्रेस दोलखाको जिल्ला सभापति पदमा चार जनाले उम्मेदवारी दिनु भएको छ । अधिवेशनमा रुद्र बहादुर खडका , बर्मा लामा , केशव चौगागाई र तारा खडकाको उम्मेदवारी परेको छ । त्यसैगरी २ जना उपसभापति पदमा ४ जनाको उम्मेदवारी परेको छ । उपसभापति पदमा अर्जुन शिवाकोटी , कृष्ण खडका , छबि लामा, र छबिलाल तामाङको उम्मेदवारी परेको निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनु भयो । त्यसैगरी २ जना सचिबमा ६ जनाको उम्मेदवारी परेको छ । सचिबमा सुर्य बहादुर आचार्य ,रन्जित कुमार पाठक ,कुमार भुजेल , सन्तोष पाठक,महेश्वर काफ्ले,दावाशाङगे शेर्पा र रामेश्वर उप्रेतीले उम्मेदवारी दिएका छन् । २ जना सहसचिब पदका लागि पाँच जनाले उम्मेदवारीले दिएका छन् । सहसचिवमा हरिसरण शिवाकोटी ,कबिराज थामी, एमविक्रम कार्की,पासाङ शेर्पा , शुसिला घतानी , उम्मेदवारी दिएको गौतमले जानकारी दिनु भयो ।यस अघि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार दोलखा जिल्ला अधिवेशनको उद्धघाट्न समारोह सम्पन्न भएको छ । सदरमुकाम चरिकोट स्थित सिम्पानी हलमा आयोजित अधिवेशन समारोहको नेपाली कांग्रेसका नेता संघीय सांसद जीप छिरिङ लामाले पानसमा बत्ती बाल्नुका साथै बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरीे उद्घाटन गर्नु भएको थियो । समारोह उद्घाटन गर्नुहुँदै विगतका कुरालाई कोट्याएर पार्टीभित्रै गालीगलौज गर्दा पार्टी धरापमा पर्ने भएकोले सहमति, सहकार्य र मेलमिलापका साथ अघि बढ्नुपर्ने बताउनुभयो । नयाँ नेतृत्वले कांग्रेसलाई थप सुदृढ बनाई आगामी चुनावमा अन्य दललाई पराजित गर्ने गरी सशक्त भूमिका निर्वाह हुनुपर्ने बताउनुभयो । “मिलेर जानुपर्छ भन्दा उल्टै मेरो खोइरो खन्छन्, उनीहरुलाई अझै भन्छु मिलेर जाउँ, पार्टीलाई मजबुत बनाउँ ।” उहाँले भन्नुभयो । वर्तमान सभापति रुद्र बहादुर खड्काले आफुले १३ औं महाधिवेशनबाट नेतृत्व हात पारेपछि कांग्रेसलाई मजबुत र बलियो बनाउन धेरै कामहरु गरेको दाबी गर्दै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले कांग्रेसलाई थप नयाँ उचाईमा लग्न सभापति पदमा दोहो¥याउने निर्णय गरेको सुनाउनुभयो । पार्टीका उपाध्यक्ष कृष्ण गोपाल केसीले पाँच वर्षसम्म भएको आयव्यय सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको भएको थियो ।कांग्रेसका निवर्तमान सभापति तारा बहादुर कोइरालाले स्वस्थ प्रतिस्पर्धामा हारजित भएपनि स्वीकार गरी सहमतिका साथ अघि बढ्नुपर्ने बताउनुभयो । सिद्दान्त घोकाएर, सुनाएर पार्टीमा कार्यकर्ता नबढ्ने बताउनुहुदै सहि एजेन्डा लिएर बढे पार्टी सुदृढ हुने बताउनु भयो ।पूर्व पार्टी सभापति उद्धवराज काफ्लेले नयाँ नेतृत्व, नयाँ जोश, उत्साह र उमंगका साथ कांग्रेसलाई कार्यकर्ता तथा नेताको आकर्षण केन्द्र बनाइनुपर्ने बताउनुभयो । सभापतिका उमेद्वार तारा कुमार खड्काले समारोहमा आक्रमक शैलीमा प्रस्तुत हुँदै नेतृत्व कस्तो हुने आफूले जितेपछि देखाइदिने दाबी गर्नुभयो । अघिल्लो नेतृत्व असफल भएको आरोप लगाउँदै उहाँले अधिवेशनमा प्रस्तुत प्रगति प्रतिवेदनमाथी प्रश्न गर्नुभएको थियो । सभापतिका अर्का उमेद्वार केशवराज चौलागाईँले गुट उपगुटको जन्जालमा फसेको कांग्रेसलाई बचाउन आफूले सर्वस्व दिन तयार रहेको बताउनुहुदै अब आफूले जिल्ला नेतृत्व सम्हाल्न पैसा नभएपनि हिम्मत राखेको बताउनुभयो । सभापतिका उमेद्वार बर्मा लामाले कार्यकर्ता र जनताको लागि आफू ‘सिपाही’ रहेको सुनाउनुहुदैं अब अन्तिम पटक कांग्रेस रक्षार्थ ‘लडाईं’मा होमिएको सुनाउनुभयो । ‘लडाईं’ को मैदानमा विजयी हासिल गरे नयाँ योजनाको साथ काम गर्ने र पराजय भए नयाँ नेतृत्वलाई समर्थन र साथ दिने बताउनुभयो । नेता कुन्दन काफ्लेले अधिवेशनमा लोभ लालच देखाएर नेतृत्व हत्याउन खोज्नेहरु सक्रिय भएकोले कार्यकर्ता सचेत हुनुपर्ने बताउनुहुँदै असल नेतृत्वको गर्न सक्ने युवालाई जिम्मेवारी हस्तान्तरण गरिनुपर्ने बताउनुभयो । त्यसैगरी क्षेत्र नम्बर २ का सभापति चित्र प्रसाद दाहालले आफ्नो योगदान र क्रियाशीललतालाई कदर गर्दै सर्वसम्मत रुपमा नेतृत्व गर्ने जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस दोलखाको नेतृत्व छनोटको लागि मतदान आज पनि हुने
TOPICS:समाज
Posted By: दीक्षण दैनिक १७ आश्विन २०७८, आईतवार १२:०६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "नेपाली कांग्रेस दोलखाको नेतृत्व छनोटको लागि मतदान आज पनि हुने"