इश्वर बिश्वकर्मा÷ चरिकोट, –कार्यकर्ताको माझमा चर्चित नेपाली कांग्रेस दोलखाका नेता बालकृष्ण आचार्य १३ औँ अधिवेशनमा अत्याधिक मतले विजय हुनुभयो । १४ औँ महाधिवेशनसम्म आइपुग्दा आफुले बनाएको योजना पुरा गर्न नसकिएको उहाँले स्वीकार्दै पुनः सचिव पदमा जितेर योजना पुरा गर्ने जनाउनुभएको छ । उहाँले शनिबार चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको आशन्न जिल्ला अधिवेशनमा उम्मेदवारी दिई सचिव पदमा दोहो¥याउने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो “ १३ औँ अधिवेशनमा धेरै मतका साथ विजय भएपनि पार्टी नेतृत्वले अन्तिम समयमा सचिवमा मनोनित गरेको थियो । कोभिड महामारी तथा अन्य कारणले जिल्लामा संगठन सुधार कामहरु गर्न सकिएन । त्यसैले ती सबै योजना पुरा गर्न पुनः सविचमा उठ्ने निर्णय गरेको हुँ ।” उहाँले आशन्न अधिवेशन एकताको अधिवेशन बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ । सहयोगी र सालिन स्वभावका आचार्य बर्षौदेखि सञ्चालनमा रहेको रोलवालिङ यातायात समितिको अध्यक्ष समेत रहेका आचार्य पार्टी संगठनमा निकै कृयाशिल नेताको रुपमा स्थापित हुनुहुन्छ ।
नेपाली कांग्रेसको सचिव पदमा आचार्यले उम्मेद्वारी दिने घोषणा
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक ४ आश्विन २०७८, सोमबार ०९:५७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "नेपाली कांग्रेसको सचिव पदमा आचार्यले उम्मेद्वारी दिने घोषणा"