नेपाली कांग्रेसको सम्पादन समितिमा लामा

चरिकोट (दीस)– नेपाली कांग्रेसको कार्यसम्पादन समितिमा दोलखाका जीप छिरिङ लामा समेटीनु भएको छ । शुक्रबार नेपाली कांग्रेसको बैठकले गठन गरेको ३७ सदस्यीय समितिमा उहाँ समेटिनु भएको हो । कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा दोलखाबाट ३ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । लामा सहित नेता कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटी केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोमा दोलखाबाट लामा मात्रै कार्यसम्पादन समितिमा समेटीनु भएको हो । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था रहेको जनाइएको छ । तर, सभापति देउवाले शुक्रबार ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गर्नु भएको छ ।बाँकी ११ जना सदस्य पछि मनोनित गर्ने बताइएको छ । कांगे्रसको विधानमा कार्यसम्पादन समितिले केन्द्रीय कमिटी बैठक नबसेको अबस्थामा महत्वपुर्ण निर्णय गर्ने जिम्मेवारी रहेको बताइएको छ ।

Shares

Be the first to comment on "नेपाली कांग्रेसको सम्पादन समितिमा लामा"

Leave a comment

Your email address will not be published.


*