नेपाली कांग्रेसको दोलखामा ८ स्थानीय तहमा नयाँ नेतृत्व चयन

चरिकोट (दीस) – नेपाली कांगे्रसको १४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसले दोलखामा ८ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार मेलुङ र जिरी नगरपालिकामा सर्वसहमत नेतृत्व चयन गरेसँगै दोलखामा ८ स्थानीय तहमा कांगे्रसको नयाँ नेतृत्व आएको हो । शनिबार भएको अधिबेशनले जिरी नगरपालिकाको नगर सभापतिमा सोनाम शेर्पा र मेलुङ गाउँपालिकामा पालिका सभापति नारायण मगरलाई चयन गरेको छ । शनिवार नै कालिन्चोक गाउँपालिकामा नेतृत्व चयन गर्न कांग्रेसले प्रयास गरे पनि सहमति हुन नसकेपछि पालिकाको अधिबेशन स्थगित भएको छ । यसअघि दोलखाका ६ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिसकेको थियो । भीमेश्वर नगरपालिकाको सभापतिमा शंकर कार्की ,बैतेश्वर गाउँपालिकाको सभापतिमा शम्सेर घिसिङ , शैलुङ गाउँपालिकाको सभापतिमा कृष्ण ध्वज तमाङ , विगु गाउँपालिकको सभापतिमा हेमराज तामाङ गौरीशंकर गाउँपालिकामा श्याम सुन्दर तमाङ र तामाकोसी गाँउपालिकामा कृष्ण फुयाल निर्वाचन मार्फत सभापति निर्वाचित भएका छन् । पहिलो चरणमा अन्र्गगत दोलखाका अधिकांश वडा समितिमा नेपाली कांग्रेसको नेतृत्व सर्वसहमत चयन भएको थियो । दोलखामा अहिले पार्टी सभापति , पदाधिकारी तथा केन्द्रीय प्रतिनिधी तथा प्रदेश प्रतिनिधीको उम्मेदारीको सामाजिक संञ्जाल मार्फत हुन थालेको छ । पार्टी सभापतिमा आधा दर्जनको उम्मेदारी घोषणा भइसकेको छ ।

https://www.youtube.com/watch?v=0xo1wxlW4O8&t=15s

Shares

Be the first to comment on "नेपाली कांग्रेसको दोलखामा ८ स्थानीय तहमा नयाँ नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*