चरिकोट (दीस) – नेपाली कांगे्रसको खुल्ला केन्द्रीय सदस्यमा दोलखाका ३ जना विजयी हुनु भएको छ । दोलखाका छिपछिरिङ लामा , कुन्दनराज काफ्ले र अयजबाबु शिवाकोटी निर्वाचित हुनु भएको हो । आइतबार खुला केन्द्रीय सदस्यतर्फको मत गणनाको अन्तिम परिणाम सार्वजनिकसँगै उहाँहरु विजयी हुनु भएको हो । ३५ सिटका लागि ९९ जनाको उमेदवारी परेको थियो ।जसमा शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याउनु भएको थियो । केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदय शमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित हुनु भएको छ । त्यसैगरी मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य ,अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, र दिनेश कोइराला केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दोलखाका ३ जना निर्वाचित
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ५ पुष २०७८, सोमबार ०७:१४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दोलखाका ३ जना निर्वाचित"