नेपाली काँग्रेस दोलखाद्वारा एकिकृत समाजवादीलाई समानुपातिकमा सहयोग गर्न आग्रह

चरिकोट÷नेपाली काँग्रेस दोलखाले समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधि सभामा नेकपा एकिकृत समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । मंसिर १५ गते दोलखा जिल्लाका चार स्थानमा हुने पुन मतदानमा नेपाली काँग्रेसले एकिकृत समाजवादी लाई सहयोग गर्ने भएको हो ।
सोमबार नेपाली काँग्रेसका सभापती बर्मा लामाले नेपाली काँग्रेसका समर्थक तथा कार्यकर्तालाई प्रेस विज्ञप्ति प्रकाशित गरी प्रतिनिधिसभाको समानुपातिकमा नेकपा एकिकृत समाज वादीको कलम चिन्हमा मतदान गर्न निर्देशन दिएको नेपाली काँग्रेस दोलखाले बताएको छ । गठबन्धनमा सहभागी सहयोगी दल भएको कारण एकिकृत समाजवादी लाई सहयोग गर्न लागिएको नेपाली काँग्रेसको भनाई रहेको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेस दोलखाद्वारा एकिकृत समाजवादीलाई समानुपातिकमा सहयोग गर्न आग्रह"

Leave a comment

Your email address will not be published.


*