चरिकोट/नेपाली काँग्रेस दोलखाको सभापती पदमा वर्तमान सभापती रुद्रबहादुर खड्काले पूनः उम्मेद्वारी दिने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजनागरी खड्काले पूनः उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।आफ्नो कार्यकालमा संगठनलाई मज्बुत बनाउनाका साथै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त ब्यक्तिहरुलाई पार्टीमा आवद्ध गराउनु आफ्नो कार्यकालको सफलता रहेको उनले पत्रकार सम्मेलनमा दावी गरे ।पार्टी संगठनलाई थप मज्बुत बनाउँदै, पार्टी कार्यालय भवन निर्माण तथा दोलखाका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलको विकास गराई रोजगारी सिर्जना गर्न तथा तामाकोशी ३ को निर्माण गर्न समेत सहजिकरण गर्न आफू सभापती निर्वाचित भएपछि लागि पर्ने उनले बताए ।आफ्नो टिममा उपसभापतीमा बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा तथा कालिञ्चोक गाउँपालिकाका अर्जुन शिवाकोटी, सचीवमा सूर्यबहादुर आचार्य तथा महेश्वर काफ्ले, सह–सचिवमा हरिशरण शिवाकोटी र पासाङ शेर्पा रहेको जानकारी दिए ।
आफ्नो टिममा पार्टीका पुराना त्यागी नेता, विभिन्न क्षेत्रमा सफलता हासिल गरेका उद्योगी ब्यावसायी, निर्माण ब्यावसाई, पत्रकार लगाएतका रहने उनको दावी छ । आफूले पार्टीमा समावेशीतालाई जोड दिने उनले पत्रकार सम्मेलनमा बताए ।पार्टी साभापतीमा यस अघि नैं वर्मा लामा, तारा कुमार खड्का तथा केसब राज चौलागाईंले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।
tube.com/watch?v=wh89s04y5qA&t=104s
Be the first to comment on "नेपाली काँग्रेस दोलखाको सभापतीमा उम्मेद्वारी दिने सभापती खड्काको घोषणा"