काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष रहेका छन् ।
त्यस्तै मृत्यु हुने महिलामा काठमाडौँकी ८७ बर्षिय महिला रहेकी छन् । त्यस्तै मृत्यु हुने पुरुषमा सुनसरीका ३ जना ४६ बर्षिय, ५२ बर्षिय र ६८ बर्षिय, रुपन्देहीका २ जना ४७ र ८४ बर्षिय रहेका छन् ।
त्यस्तै झापाका दुई जना २९ र ५२ बर्षिय छन् भने काठमाडौँका ७१ बर्षिय र ललितपुरका ८४ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६० रहेको मन्त्रालयले जानकारी दिएको छ ।
Be the first to comment on "नेपालमा कोरोनाबाट थप १० सहित मृत्यु हुनेको संख्या ६ सय पुग्यो"