चरिकोट (दीस) ः नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका १६ जना नेता(कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश हुनुभएको छ । शुक्रबार चरिकोटमा उहाँहरु केन्द्रमा प्रवेश हुनु भएको हो । केन्द्र को पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्र दोलखा र कम्युनिष्टहरूको एकता धुब्रीकरण समितिले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा उहाँहरू माओवादी केन्द्रमा प्रवेश हुनु भएको हो । बुधबार नेकपा (विप्लव) दोलखाका सेक्रेटरी अर्जुन योगीसहित १६ जना नेताहरूले संयुक्त रूपमा पार्टीबाट राजीनामा दिनुभएको थियो । राजीनामा दिनेहरूमा वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व सेक्रेटरी राजन धनुके, नेताहरू सीताराम उप्रेती, नविनकुमार नेपाली, नहकुल पोखरेल, दीपक केसी, मनोज भूजेल, कुमार मिजार, सिर्जना उप्रेती, मञ्जिला बस्नेत, सानुमाया थामी, रमेश तामाङ, शिरिष उप्रेती, कर्णबहादुर थामी, जयबहादुर खाती र पवित्रा थामी रहनु भएको छ । उहाँहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्का, नेताहरु शंकर लामा, नरबहादुर पाख्रिन, कुुलबहादुर बुुढाथोकी, जिल्ला अध्यक्ष कमल श्रेष्ठ , सचिब सन्तोष फुयालले पार्टीमा स्वागत गर्नु भएको थियो ।
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
Posted By: दीक्षण दैनिक ९ मंसिर २०८१, आईतवार १९:१९
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश"