ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २६
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दोलखाले बुधबार सम्पन्न पूर्ण बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । समितिका संयोजक कुल बहादुर बुढाथोकीले बैठकमा भएका निर्णयहरु प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्नुभएको हो । बैठकले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा कायम रहेको तीन दलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । गठबन्धन सफल रहेको र आसन्न जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन दलमा भएको पूर्व सहमति कार्यान्वयन गरिने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिहरु र विजयका लागि सहयोग गर्नेहरुलाई विज्ञप्तीमार्फत आभार सहित धन्यवाद ज्ञापन गरिएको छ । जनप्रतिनिधिहरुलाई जनताको शासक नभई सेवक बनी संघीयताको मर्म र जनअपेक्षा अनुसार घरघरमा सेवा पु¥याउने गरी काम गर्न विज्ञप्तीमार्फत माओवादी केन्द्रले आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्लाको तीन पालिका अध्यक्ष, एक पालिका उपाध्यक्ष र २२ वटा वडाध्यक्ष लगायतका पदमा निर्वाचित भएका छन् ।
Be the first to comment on "नेकपा (माओवादी केन्द्र) जिसस दोलखाको बैठक सम्पन्न"