चरिकोट –नेकपा जिल्ला कमीटी दोलखाको दोस्रो पुर्ण बैठक सदरमुकाम चरिकोटमा आज वस्दै विभिन्न कमिटीलाई पुर्णता दिएको छ । बैठकले दोलखाका ९ वटा स्थानीय तहमा ईन्चार्ज तथा सहईन्चार्ज तोकेको छ । त्यसैगरी बैठकले पाटी १८ विभागको प्रमुख तथा तथा सचिबको जिम्मेवारी दिएको छ । त्यसैगरी निर्वाचन क्षेत्रका लागि संयोजक र सचिव समेत तोकेको छ । वैठकले क्षेत्र नम्वर १ को संयोजकमा गोपाल न्यौपाने र सचिवमा बासु पोखरेललाई जिम्मेवारी दिएको छ । क्षेत्र नम्वर २ मा संयोजक कमल श्रेष्ठ र सचिवमा ठुला थामीलाई तोकेको छ । भीमेश्वर नगरपालिकाको ईन्चार्जमा भरत बहादुर केसी, सहईन्चार्जमा मोहन थापा, जिरी नगरपालिकाको इन्चार्जमा मित्र जिरेल, सहइन्चार्जमा गेल्बु शेर्पा तोकिए छ । तामाकोशीमा इन्चार्ज नेत्र बहादुर केसी, सह–इन्चार्ज देवी शर्मा, विगुको इन्चार्जमा सुन्दर विश्वकर्मा तथा सह–इन्चार्जमा संञ्जीव ओली, वैतेश्वरको इन्चार्जमा भीमप्रसाद दाहाल, सह इन्चार्जमा दिपक अधिकारी, मेलुङ गाउँपालिकामा रविन्द्र कार्की इन्चार्ज, तथा प्रेम थापा सहइन्चार्ज, को जिम्मेबारी दिएको छ । कालिञ्चोकका लागि राम पाण्डे इज्चार्ज तथा विनकुमार थामी सहईन्चार्ज तोकिएको छ । गौरीशंकरका लागि निमा लामा इन्चार्ज सोयम बहादुर खड्का सहइन्चार्ज र सैलुङ गाउँपालिकामा इन्चार्ज रिमाल बाबु श्रेष्ठ र सह इन्चार्जमा धन बहादुर तमाङलाई तोकेको छ ।
। त्यसैगरी बैठकले संगठन विभागको प्रमुख जिवसराज खड्का,उप्रमुखमा कृष्ण कार्की,आर्थिक विभाग प्रमुख उपेन्द्र अधिकारी,उपप्रमुख केशव चौलागाई, स्थानीय तह विभागको प्रमुख बाबुकाजी कार्की,उपप्रमुख तारानाथ चौलागाँई,प्रचार विभागको प्रमुख लक्ष्मण खड्का उपप्रमुख धर्मेनद्र मोक्तान,पार्टी स्कुल विभागको प्रमुख प्रोणप्रताप केसी, उपप्रमुखमा विश्वमाणि चौलागाई,महिला विभाग प्रमुख रिता रिमाल,उपप्रमुख प्रेमकुमार चौलागाई, खानेपानी तथा सरसफाई विभागको प्रमुख हर्कमान प्राख्रिन, उपप्रमुख रुकमणि शिवाकोटी,जलस्रोत सिंचाई तथा उर्जा विभागको प्रमुख जित कुमार मोक्तान, उपप्रमुखमा प्रेम तमाङ,श्रमरोजर तथा सहकारी विभाग प्रमुख कृष्णमाया कार्की उपप्रमुखमा रोहितचनद्र खड्का,पर्यटन प्रवद्र्धनको प्रमुख होम पाठक,उपप्रमुख संखनीया शेर्पा,न्याय कानुन तथा मानव अधिकार विभागमा सुब्बा श्रेष्ठ,युवा तथा खेलकुदको प्रमुख हिराथोकर,उपप्रमुखमा रमेश ठकुरी,शिक्षा तथा मानव स्रोतको प्रमुख भुवनसिंह थापा,उपप्रमुखमा राम बहादुर खड्का,पुस्तकालय तथा कला साहित्यमा प्रमुख चुडामणि घिमिरे,उपप्रमुख भुवन केसी,उद्योग बाणिज्य विभाग प्रमुख भीम श्रेष्ठ र उपप्रमुखमा घनश्याम रिजाल,वन वातावरण तथा स्वास्थ्यको प्रमुख उर्मीला थामी, उपप्रमुख कृष्ण प्राख्रिन,कृषि तथा भुमी सुधारको प्रमुखमा गुण बहादुर बुुढाथोकी र उपप्रमुखमा ईश्वर बहादुर थापा तोकिएका छन् भने निर्वाचन विभागको प्रमुखमा ऋषिकेस उप्रेती र उपप्रमुखमा शम्भु थामी तोकिएको छ ।
Be the first to comment on "नेकपा दोलखाको दोस्रो पुर्ण बैठकबाट कसकसले के के पाए जिम्मेवारी (नामावली सहित )"