नेकपा एमाले दोलखा ओली समुहद्धारा आयोजक कमिटी घोषणासंगै स्थानीय तहको नेतृत्व टुंगो लगायाे

चरिकोट(दीस ) – नेकपा एमाले दोलखा ओली समुहले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणासंगै स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ । सदरमुकाम चरिकोटमा आयोजित विस्तारित बैठकले जिल्ला र ९ स्थानीय तहको पदाधिकारी सहितको कमिटि टुंग्याएको हो । कार्यक्रममा जिल्ला अध्यक्ष इश्वरचन्द्र पाखरेलले जिल्ला अधिवेशन आयोजक कमिटी र पालिका स्तरीय कमिटीको नाम घोषणा गरे । उनीहरुलाई एमाले वागमती प्रदेश कमिटीका सह इन्चार्ज काशीनाथ अधिकारीले मंगलवार नै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् । विस्तारित बैठकलाई सुचना तथा सञ्चार मन्त्री तथा दोलखा इन्र्चाज पार्वत गुरुङ , बागमति प्रदेश अध्यक्ष आनन्द प्रसाद पोखरेल ,एमाले जिल्ला सचिव नरबहादुर श्रेष्ठ, नेता लालकुमार केसी, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, लगायतको सम्वोधन गरेका थिए । एमाले नेपाल समुहका केन्द्र तथा जिल्ला स्तर नेता भने बैठकमा सहभागि भएका थिएन ।
यस्तो छ, कार्यविभाजन
जिल्ला अध्यक्ष  इश्वरचन्द्र पोखरेल
सचिव  नर बहादुर श्रेष्ठ

गौरीशंकर गापा ईन्चार्ज स्वयम बहादुर खड्का
अध्यक्ष  जंग गुरुङ
सचिव देवराम बुढाथोकी

बैत्यश्वर गापा ईन्चार्ज  ऋषिकेश उप्रेती
अध्यक्ष  माधव प्रसाद घिमिरे
सचिव  माधव प्रसाद दहाल

तामाकोशी गाउँपालिका ईन्चार्ज  जीवसराज खड्का
अध्यक्ष नारायणध्वज खड्का
तामाकोशी गाउँपालिका सचिव  होम बहादुर श्रेष्ठ

मेलुङ गाउँपालिका ईन्चार्ज स् हीरा थोकर
अध्यक्ष स् अम्बिका गोले
सचिव स् ललित बस्नेत

शैलुङ गाउँपालिका ईन्चार्ज  धन बहादुर तामाङ
अध्यक्ष  थिर बहादुर मोक्तान
सचिव  गणेश बहादुर कार्की

भीमेश्वर नपा ईन्चार्ज  हरिवंश चौलागाई
अध्यक्ष  ज्ञानेन्द्र प्रधान
सचिव  रामचन्द्र बस्नेत

जिरी नपा ईन्चार्ज  टपेन्द्र खड्का
अध्यक्ष  टंक ब  जिरेल
सचिव  शम्भुप्रसाद दहाल

कालिञ्चोक गापा ईन्चार्ज  विनकुमार थामी
अध्यक्ष  इश्वरी दहाल
सचिव  होम थामी

विगु गापा ईन्चार्ज सुन्दर विक
अध्यक्ष  टेकमान तामाङ
सचिव  लोक बहादुर नेपाली

Shares

Be the first to comment on "नेकपा एमाले दोलखा ओली समुहद्धारा आयोजक कमिटी घोषणासंगै स्थानीय तहको नेतृत्व टुंगो लगायाे"

Leave a comment

Your email address will not be published.


*