चरिकोट (दीस) ः नेकपा एमाले दोलखाले जिल्लाको समृद्धि र विकासलाई लक्षित गरी १९ प्रस्ताव पारित गरेको छ । चरिकोटमा शनिबार र आइतबार बसेको पाँचौं पूर्ण बैठकले ती प्रस्ताव पारित गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । बैठकले माथिल्लो तामाकोशी, तामाकोशी पाँचौंजस्ता आयोजना भ्रष्टाचार र अनियमिततामा डुबेको भन्दै छानबिनको माग गरेको छ। एमालेका पोलिट्ब्युरो सदस्य पार्वत गुरुङले हाइड्रोपावर कम्पनीहरूले जनतालाई छल्दै सार्वजनिक सुनुवाइ नगरी प्राकृतिक स्रोतको दुरुपयोग गरेको आरोप लगाउँदै छानबिन गर्नुपर्ने बताउनुभयो । दुगड हाइड्रोपावरले तिब्बत नाका खोल्ने सरकारी योजनालाई चुनौती दिँदै माथिल्लो तामाकोसी आयोजनामा क्षति पु¥याएको भन्दै कारबाहीको माग समेत बैठकले गरेको छ । एमालेले तामाकोशी पाँचौं आयोजनाको आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै जनताको स्वामित्व र सेयर सुनिश्चित गर्न, स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्न र आयोजनालाई पारदर्शी ढंगले अघि बढाउन बैठकले सचेत गराएको छ । तामाकोसी तेस्रो जलविद्युत् आयोजना सञ्चालन नगरी लाइसेन्स होल्ड राखिएको भन्दै आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न, नसके लाइसेन्स रद्द गरी विकल्प खोज्न सरकारसँग माग गरिएको छ । त्यसैगरी बैठकले भीमेश्वर नगरपालिका–९ स्थित खरिढुङ्गा म्याग्नेसाइट उद्योग पुनः सञ्चालन,विगु गाउँपालिकास्थित आलम्पुमा रहेको स्लेट खानीलाई उद्योगका रूपमा विकास, चरिकोट र जिरीमा विमानस्थल सञ्चालन, र फिल्मसिटी निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरिएको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनु भयो । जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूलाई एउटै कोरीडोरमा समेटेर विकास गर्न र मेलुङ गाउँपालिका ४ को गुठी जग्गा जनताको नाममा हस्तान्तरण गरी पुर्जा वितरण गर्न पनि बैठकले जोड दिएको उहाँले बताउनु भयो । बैठकले गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनताको जीविकोपार्जनमा असर पर्ने गरी कार्य गरिरहेको भन्दै तत्काल जनताको समस्या समाधान गर्न माग गरेको छ । बैठकपछि अध्यक्ष नरबहादुर श्रेष्ठले जारी विज्ञप्तिमा, “यी प्रस्तावले दोलखाको समृद्धिका लागि आवश्यक नीतिगत र व्यवस्थापकीय सुधारमा मार्ग प्रशस्त गर्नेछ,“ भनिएको छ । त्यसैगरी बैठकले संगठन सुदृढीकरण गर्न विभिन्न प्रस्ताब पारित गरेको छ । पार्टीलाई वलियो बनाउन विभिन्न अभियान संञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
नेकपा एमाले दोलखाद्वारा समृद्धिका १९ प्रस्ताव पारित
Posted By: दीक्षण दैनिक १५ पुष २०८१, सोमबार ११:५६
१७ पुष २०८१, बुधबार १८:११
टाइगर टिम टिखाताल बागमती प्रदेश लिग फुटबलको फाइनलमा प्रवेश
१७ पुष २०८१, बुधबार १८:२७
२०८१ पुस १७ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१८ पुष २०८१, बिहीबार १२:२३
Be the first to comment on "नेकपा एमाले दोलखाद्वारा समृद्धिका १९ प्रस्ताव पारित"