नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन आजबाट सुरु

चरिकोट (दीस) – नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशन चरिकोटमा रहेको सिमपानी हलमा हुने छ । अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुयल मार्फत एकै साथ सवै जिल्लामा उद्धघाटन गर्ने कार्यक्रम अन्र्तगत दोलखा जिल्लाको अधिवेशनको पनि उद्धघाटन हुने छ । ९ बर्ष पछि अधिवेशनले दोलखा एमालेको नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको तयारीको लागि विहिबार नेकपा एमाले जिल्ला कमिटी दोलखाको २९ औं ुपुर्ण बैठक सम्पन्न भएको छ ।बैठकले गाउँपालिका र नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुले जिल्ला कमिटीमा उम्मेदवारी दिन नपाउने कार्यविधि निर्माण गरेको छ । तर पदाधिकारी बाहेकका महिलाको हकमा भने लागु नहुँने नेकपा एमाले जिल्ला कमिटी दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानले जानकारी दिनुभयो । बैंठकले राजनीतिक,आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गर्दै १० औंँ अधिवेशन भव्य रुपमा सफल बनाउने निर्णय गरेको छ । त्यसैगरी निर्वाचनको क्षेत्र समेत निर्धारण गरेको छ । विधानअनुसार ९० जनाको जिल्ला कमिटीमा रहनेछन् । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव रहनेछन् भने ८५ जना सदस्य रहनेछन् । पाँच पदाधिकारी सहित ९० जनाका कमिटीका लागि निर्वाचन क्षेत्र निर्धारण गरिएको प्रवक्ता मोक्तानले बताउनुभयो । जसमा भूगोल, महिला, जनजाति, दलित, मजदुर, खुल्ला र पदाधिकारी सहित ९० जनाको कमिटी निर्माण हुनेछ । भुगोलतर्फ प्रत्येक पालिकाबाट २ जना महिला र भीमेश्वर नगरपालिकाबाट ३ जना महिला रहनेछन् । त्यसैगरी भुगोल खुल्लातर्फ प्रत्येक पालिकाबाट ३ जना र भीमेश्वर नगरपालिकाबाट ४ जना रहने प्रावधान बनाइको छ । दलित महिला २ जना रहने छन् भने खुल्लातर्फ ९ जना महिला रहनेछ । जनजातितर्फ ६ जना, दलित ६ जना, मजदुरबाट १ जना र जिल्लाको खुल्लातर्फका १४ जनालाई कमिटीमा संख्या कायम गराउन निर्वाचन गराइनेछ । जिल्ला कमिटी सदस्यको लागि सो कमिटी वा तल्लो कमिटीमा एक कार्यकाल काम गरेको वा संगठित सदस्य भएको १० वर्ष पूरा हुनुपर्ने छ ।

Shares

Be the first to comment on "नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन आजबाट सुरु"

Leave a comment

Your email address will not be published.


*