नेकपा एमालेका क्षेत्रीय कमिटी पदाधिकारीहरुले लिए शपथ

चरिकोट (दीस)ः नेकपा एमालेका क्षेत्रीय कमिटी पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । सोमबार एमाले जिल्ला कमिटीको सचिवालय बैठकमा उहाँहरूले सपथ लिनुभएको हो । एमालेको प्रदेश ’क’ को संयोजकमा माधव प्रसाद घिमिरे, सहसंयोजकमा जंग गुरुङ, र सचिवमा धीरज सुवेदीले जिम्मेवारी पाउनु भएको छ  । त्यसैगरी, प्रदेश ’ख’ को संयोजकमा थिर बहादुर मोक्तान, सहसंयोजकमा गणेश शिवाकोटी, र सचिवमा अच्युतम कटवाललाई जिम्मेवारी तोकिएको एमाले जिल्ला कमिटी दोलखाका उपसचिव हरि ओलीले जानकारी दिनुभयो ।
उहाँहरूलाई गत पुस १३ र १४ गते बसेको बैठकले क्षेत्रीय कमिटीको जिम्मेवारी तोकेको थियो । क्षेत्रीय कमिटीमा सो क्षेत्रका जिल्ला कमिटी सदस्यहरु, पालिका पदाधिकारीहरू, वडास्तरीय कमिटीका अध्यक्षहरु सदस्य रहने व्यवस्था रहेको छ ।
एमालेले हालै स्कुलर जारी गर्दै क्षेत्रीय कमिटी गठन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको थियो ।

सोमबारकै बैठकले पार्टीको तीन महिने अभियानलाई सफल बनाउन कार्ययोजना पनि पारित गरेको छ ।बैठक नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा दोलखाबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटी सचिवालय सदस्यहरूले सुझाव दिनु भएको थियो ।सचिवालय बैठकले पार्टीको पाँचौँ जिल्ला कमिटी बैठकले पारित गरेको १९ बुँदे समृद्ध दोलखा विकासको अठोटलाई कार्यान्वयन गर्न पहल थाल्ने प्रतिबद्धता जाहेर गरेको एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठद्वारा  जारी  प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Shares

Be the first to comment on "नेकपा एमालेका क्षेत्रीय कमिटी पदाधिकारीहरुले लिए शपथ"

Leave a comment

Your email address will not be published.


*