नेकपाको बैठकमा दुबै अध्यक्षको प्रतिबेदन स्थाई कमिटीमा लैजाने सहमति

काठमाडौ –नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव माथी अब स्थायी कमिटीमा छलफल हुने भएको छ । आज ४ घण्टा बसेको सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावलाई छलफलको लागि स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको छ । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गरेर सहमतिमा नयाँ प्रस्ताव बनाउनुपर्ने बताएका थिए । प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान राखेका थिए । ओलीले बैठक नै बस्न आनाकानी गर्दै आउनुभएको छ भने सचिवालयका अरु सदस्यले दुवै अध्यक्षका प्रस्ताव बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउँदै आएका छन् ।

Shares

Be the first to comment on "नेकपाको बैठकमा दुबै अध्यक्षको प्रतिबेदन स्थाई कमिटीमा लैजाने सहमति"

Leave a comment

Your email address will not be published.


*