नेकपाका युवाले किसानको खेतमा पुगेर गरे श्रमदान

चरिकोट –जव किसानको खेतमा युवा श्रमदान गर्न खेतमा आएको थिए । किसान मख्य थिए । नेकपाका युवाले शनिवार भिमेश्वर नगरपालिका ४ मा किसानको खेतमा पुगेर श्रमदान गरेका छन ।

देशमा कृषीमा युवाको आकर्षण नहँुदा खेत बारी बाजो हुने क्रम बर्षनी छ । २ पाटीको एकिकरण भएपछि तत्कालीन युवा संघ र वाइसीएल दोलखाका कम्युनिष्ट युवाहरूले एक दिन कृषकको खेतको खेतमा पुगेर श्रमदान गरेका छन ्।

“समृद्धिका लागि कृषिमा आत्मनिर्भरता” भन्ने मुल नाराका साथ जिल्लाका जुझारु युवाहरूले भीमेश्वर नगरपालिका वडा नं ४ जिलुको समेरे बेसीमा एक मुरी धानको बीउ रोपेर श्रमदान गरेका हुन ।


नेपालीहरुको मुख्य खान भनेकै चामल भएको र यसको उत्पादन बढाउन निश्चित समुदाय र व्यक्तिविशेष मात्रै नभइ युवाहरु समेत लाग्नुपर्ने सन्देश दिन यो अभियान गरिएको युवासंघ दोलखाका अध्यक्ष महाराज गुरुङले बताए । अव युवालाई उत्पादन जोडन तथा कृषकको मनोबल बढाउन यस्ता कार्यक्रम आउनु पर्ने गुरुङले बताए । त्यसैगरी वाइसेलका अध्यक्ष नबराज अर्यालले किसानलाई यस्ता कार्यक्रमले हौसला बढाउन मद्धत पुग्ने बताए ।


सिंचाइ र सडक समस्याले गर्दा उत्पादन तथा बजारीकरणमा समस्या आएको किसान कमला श्रेष्ठले गुनासो गरिन ।
आर्थिक बर्ष २०७५ र० ७६ मा भटमासे जिलु सडकलाई नगरले ६० लाख विनियोजन गरेको बताउदै भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिबंश चौलागाईंले नाला, ग्याविन वाल र अप्ठ्यारो ठाउमा ढलान गर्दै सडक ःतरउन्ती गर्ने योजना रहेको प्रष्ट पारे ।


रौपाईमा डेढ सय युवाहरु उपस्थित रहेको थियो । नेकपा एमालेका जिल्ला पाटी अध्यक्ष ईश्वर चन्द्र पोखरेल र एकिकृत नेकपा माओवादीका नेता शंकर लामाले युवाहरुले विदेशी भुमीमा पसिना बगाउनुको सट्टा नेपालकै खेतबारीमा मिहेनत गर्नुपर्ने भन्दै आ–आफ्नो धारण ब्यक्त गरेका छन् ।

Shares

Be the first to comment on "नेकपाका युवाले किसानको खेतमा पुगेर गरे श्रमदान"

Leave a comment

Your email address will not be published.


*