निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा रगत अभाव

दीक्षण समाचार ÷चरिकोट, ः दोलखामा निर्वाचनको कारण डेढ महिना देखि संस्थागत रक्तदान कार्यक्रम आयोजना हुन सकेको छैन । निर्वाचन अघि वार्षिक कार्यतालिका अनुसार विभिन्न संघसंस्थाले महिनैपिच्छे रक्तदान कार्यक्रम गर्ने गरेका थिए । तर निर्वाचनको बेला कुनै पनि संघसंस्थाले रक्तदान कार्यक्रम नगर्दा जिल्लामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीका सभापति गोकर्णप्रसाद पोखरेलले निर्वाचनका कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव हुन गई अस्पतालमा उपचारत बिरामीलाई समस्या भएको बताउनुभयो । अस्पतालमा भर्ना भएका सुत्केरी, घाइते, रक्तअल्पताका बिरामीलाई रगतको आवश्यकता पर्छ। समयमै रगतको आपूर्ति नहुँदा बिरामीको ज्यानै जाने जोखिम बढ्छ । तर जिल्लामा अहिले रगत अभावका कारण बिरामीका आफन्त भौतारिन बाध्य भएका छन् । “कार्तिकको सुरुवातमा एक पटक रक्तदान कार्यक्रम भएको थियो। त्यसपछि कार्यक्रम नहुँदा अहिले रक्तसञ्चार केन्द्रमा रगत सक्किएको हो ।“ उहाँले भन्नुभयो“ दुई संघसंस्थाले गर्ने भनिएको रक्तदान कार्यक्रम पनि निर्वाचनले स्थगित भयो । जसले गर्दा मंसिर १० गतेदेखि रगतको चरम अभाव भएको छ ।“ सभापति पोखरेलले रगतको माग आएको बेला रक्तसञ्चार केन्द्रमा रक्तदातालाई बोलाएर रक्तदान गराउने र बिरामीलाई वितरण गरिरहेको भएपनि कठिनाई भएको बताउनुभयो “ रक्तदान कार्यक्रम नभएपनि अस्पतालमा छट्पटाई रहेका बिरामीको उपचारका लागि रगत आपूर्ति गराउने प्रयास गरिएको छ ।“ उहाँले भन्नुभयो “ रगतको माग आउँदा आपूर्तिको लागि रक्तदातालाई बोलाएर रक्तदान गराउने गरिएको छ । कुनै बेला यो पनि सम्भव नहुँदा बिरामीलाई समस्या हुने गरेको छ ।“ उहाँले निर्वाचनको चहलपहल घटेपछि नियमित रक्तदान कार्यक्रमहरु आयोजना हुने र रगतको अभाव हट्ने बताउनुभयो। “निर्वाचनको चहलपहल र व्यस्तताले स्थगित रक्तदान कार्यक्रमहरु केही दिनमा हुने छ ।“ सभापति पोखरेलले भन्नुभयो “ निर्वाचनको मतपरिणाम आईरहँदा केही दिन पछि रक्तदान कार्यक्रम आयोजना गर्न संघसंस्थालाई आग्रह गरिरहेका छौं ।“ सभापति पोखरेलले मंसिर २१ रक्तदान कार्यक्रमको नयाँ बार्षिक कार्यतालिका निर्माण गरिने पनि तयारी भइरहेको बताउनुभयो।

Shares

Be the first to comment on "निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा रगत अभाव"

Leave a comment

Your email address will not be published.


*