निर्धनले परिवारलाई दियो बीमा भुक्तानी

ध्रुव आचार्य
चरिकोट, १५ फागुन
निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाले आफ्ना ऋणि सदस्यलाई बीमा रकम भुक्तानी गरेको छ । बैतेश्वर गाउँपालिका वडा नं. ६ नाम्दूमा बुधबार आयोजित एक कार्यक्रमका बीच संस्थाबाट ऋण लिने सदस्यको मृत्यु पश्चात परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नाम्दूले होमकुमारी आचार्य र सारादा दाहालको स्मृति सभा आयोजना गरेर बीमा रकम हस्तान्तरण गरेको हो । कम्पनीको ऋणि सदस्य सारादाका २ छोरा गणेश दाहाल र विष्णु दाहाल गाउँपालिका उपाध्यक्ष रविचन्द आचार्यले बीमा बापत प्राप्त १ लाख ३३ हजार हस्तान्तरण गरे ।
बीमा रकम हस्तान्तरणपछि बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बीमाले जोखिम समेत बहन गर्ने हुँदा अब बीमालाई सबैको अनिवार्य बनाउँनु पर्ने बताए ।
लघु वित्तबाट ऋण लिने सदस्यहरुको कम्पनीले नै बीमा गरिदिने गरेको छ । शाखा प्रमुख विदुर सापकोटाले दोलखामा निर्धन उत्थानमा सदस्य १ हजार १४५ जना र ऋणी सदस्य ८०६ जना रहेको जानकारी दिए । संस्थाले लगानी ७ करोड ७० लाख ७६ हजार ७११ गरेको छ भने बचत २ करोड २६ लाख ३२ हजार ९४८ रहेको छ । दोलखाको नाम्दु र जिरीमा ४ वर्ष अघि शाखा सुरु गरेको हो । निर्धनले विना धितो ३ लाखसम्म कर्जा लगानी गर्ने गरेको छ । कर्जा बीमा, पशुधन बीमा गर्दै आएको छ ।

Shares

Be the first to comment on "निर्धनले परिवारलाई दियो बीमा भुक्तानी"

Leave a comment

Your email address will not be published.


*