निम्फा दोलखालले आफ्नो बार्षिक उत्सव बालबालिकासँग खुसी साटासाट गरेर मनायो

चरिकोट– निम्फा दोलखाले आफ्नो ७ औं बर्ष पुगेको अवसरमा भिमेश्वर नगरपालिका वडा नं २ स्थीत बाल संगठनले स्थापना गरेको बाल मन्दिरका ५० बालबालिकालाई स्टेशनरी बितरण गरेर मनाएको छ । सो अवसरमा सो मन्दिरमा रहेका साना बालवालिकालाई केक काट्न लागाएर एक आपसमा खुसी साटासाट गरेको थियो । । जन्मोसत्बमा प्रमुख अतिथि भिमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठले निम्फाले गरेको कार्यको प्रशंसा गरेका थिए । उनले निम्फाले दोलखाको सांगितिक क्षेत्रमा योगदान पु¥याएको बताए । नेपाल बाल संगठन दोलखा जिल्लाका अध्यक्ष राकेश श्रेष्ठले निम्फाले गरेको सहयोगले बालवालिकालाई केही मात्रामा भए पनि सहयोग पुगेको वताए । निम्फा दोलखाका अध्यक्ष गणेशबिक्रम ठकुरीले यस्ता कार्यक्रम निम्फाले अगामी दिनमा जारी राख्ने बताए । सो अबसरमा निम्फाकी प्रिन्सीपल गौरी खड्का ठकुरी, पत्रकार गोकर्ण प्रसाद भण्डारी लगायतले मन्तब्य राखेका थिए । सांगितिक बिधामा संगित शिक्षा,गायन, नृत्य ,बाद्यबादन लयातय सिकाउने उद्देश्यले स्थापना भएको नेपाल ईन्ष्च्युट अफ म्युजिक एण्ड फाईन आट्र्स(निम्फा)ले हाल दोलखामा सांगितिक क्षेत्रमा काम गर्दै आएको छ ।

Shares

Be the first to comment on "निम्फा दोलखालले आफ्नो बार्षिक उत्सव बालबालिकासँग खुसी साटासाट गरेर मनायो"

Leave a comment

Your email address will not be published.


*