राष्ट्रिय समाचार समिति (रासस)राँझा (बाँके), २४ भदौ : बाँके निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै गएको छ । पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् । गत शुक्रबार मात्रै दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्ज नजिक बाँके निकञ्ज क्षेत्रमा बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी गाउँका सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा कुनै ‘टाइम कार्ड’को व्यवस्था नभएकाले तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटनामा मानवीय र वन्यजन्तुको ज्यान जाने गरेको छ । राजमार्ग क्षेत्रका अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको पाइएको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो । बर्र्दिया निकुञ्जमा जस्तै बाँके निकुञ्जमा पनि राजमार्ग क्षेत्रमा ‘टाइम कार्ड’ लागू गर्नसके तीव्र गतिका कारण हुने सवारी दुर्घटना र सवारीसाधनमा ठोक्किएर हुने वन्यजन्तुको मृत्यु पनि रोकिने उहाँको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको ७२ किमी क्षेत्रमा बितेका तीन आर्थिक वर्षमा ५६ ठूला दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७७÷७८ देखि २०७९÷८० सम्म तीन आवमा भएका ५६ दुर्घटनामा परी बाँके निकुञ्ज क्षेत्रमा ४४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रभित्र राजमार्गमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरे पनि बीचबीचमा बस्ती भएका कारण टाइम कार्ड लागू गर्न कठिनाइ हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहको भनाइ छ । —
निकुञ्ज क्षेत्रमा तीव्र गतिले मानवीय क्षति
Posted By: दीक्षण दैनिक २४ भाद्र २०८०, आईतवार १४:१६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "निकुञ्ज क्षेत्रमा तीव्र गतिले मानवीय क्षति"