ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ८
दोलखाको जिरी अस्पतालमा महिला स्वास्थ्य शिविर आयोजना हुने भएको छ । सामायिक सेवा प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा जिरी नगरपालिकाले चैत्र १३ गते अस्पतालमा शिविर आयोजना गर्ने भएको हो । पाठेघरको मुखको क्यान्सर सम्बन्धि जानकारी, आङ खस्ने समस्मयको प्रतिरोधात्मक उपचार, परामर्श र शल्यक्रिया सुविधा, स्त्री रोग सम्बन्धि परीक्षण र परामर्श, थरमोकोगुलेश सेवा, सुगर र प्रेसरको परीक्षण उपचार सेवा शिविरमा पाउन सकिने छ । स्वास्थ्य समस्या भएर पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकिरहेका महिलालाई लक्षित गरी शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
कालिञ्चोक गाउँपालिका पनि
जिल्लाको कालिञ्चोक गाउँपलिका स्थित लापिलांग आधारभूत स्वास्थ्य केन्दमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै छ । कालिञ्चोक गाउँपालिका र धुलिखेल अस्पताल, दोलखा अस्पतालको आयोजनामा चैत्र १० गते शिविर आयोजना हुन लागेको हो । शिविरमा स्त्री रोग, हाडजोर्नी, दन्त रोग र अन्य सामान्य उपचार हुने आयोजकले जनाएको छ ।
Be the first to comment on "निःशुल्क स्वास्थ्य शिविर हुने"