नागरिकको राेग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकाे अभियान

इश्वर बिश्वकर्मा
चरिकोट, असोज २८
कुनै पनि रोगबाट बच्न शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु आवश्यक हुन्छ । यहि मुलमन्त्रका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले जिल्लाका नागरिककाे रोग प्रतिरोधात्मक क्षमता बढाउने अभियान सञ्चालन गरिरहेकाे छ । साेही अभियान अन्तर्गत नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउदैँ कोरोना भाइरस रोकथाम, नियन्त्रणमा सहयोग गर्न समेत केन्द्रले आयुर्वेदिक औषधी वितरण गर्दै आएको छ ।
केन्द्रका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो, त्रिफला, गुडुची चुर्ण, अश्वगन्धा, यष्टिमधु चूर्ण, त्रिकटु चूर्ण लगायतका आयुर्वेदिक औषधी मानिसहरुलाई निशुल्क वितरण गर्ने गरिएको छ ।

आयुर्वेदिक औषधी वितरण गरिदैँ

रोग प्रतिरोधात्मक क्षमता बढाउनका निम्ती स्वस्थ खानेकुरा खाने र स्वस्थ जीवनशैली अपनाउने सन्देशसहित नागरिकलाई आयुर्वेदिक औषधी वितरण गरिरहेको केन्द्रका सूचना अधिकारी एबम् वैद्य निरीक्षक हरि नारायण महतोले बताए ।

केन्द्रका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो, त्रिफला, गुडुची चुर्ण, अश्वगन्धा,

यष्टिमधु चूर्ण, त्रिकटु चूर्ण लगायतका आयुर्वेदिक औषधी मानिसहरुलाई निशुल्क वितरण गर्ने गरिएको छ ।

कोरोना संक्रमण भएको बेला निको हुने विश्वास सहित बिभिन्न जडिबुटी र आयुर्वेदिक औषधि प्रयोग गरेको कोरोना संक्रमित व्यक्तिहरुबाट अनुभव सुन्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेदिक औषधी प्रभावकारी रहेको छ । “कोरोना निको पार्छ भनेर नै आयुर्वेदिक औषधी वितरण गरिएको होइन । यसले त रोग प्रतिरोधात्मक क्षमता बढाउने र अन्य रोगलाई निको पार्ने भएकोले वितरण गर्ने गरिएको हो ।” उनले भने “ आयुर्वेदिक औषधी प्रयोग गरि रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहने र केन्द्रबाट प्रदान हुने सेवा लिन जो कोही व्यक्तिले केन्द्रको कार्यालयमा व्यक्तिगत स्वास्थ्य सामग्रीको प्रयोग सहित सुरक्षित भएर आउनुपर्ने हुन्छ ।”   केही समय पछि आयुर्वेद विभागले जारी गरेको प्रोटोकलअनुसार आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई आइसोलेसनमै पुगेरै रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गर्ने तयारी गररिहेको उनले बताए ।

४ सय जनालाई औषधी वितरण गरियो

गत आर्थिक वर्ष जिल्लाको क्वारेन्टाइनमा बसेका करिब ४ सय जनालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गरिएको छ । जिल्लाको कालिञ्चोक, मेलुङ लगायतको गाउँपालिकामा निश्चित समयका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई योगा, ध्यानसहित तनाव व्यवस्थापन तालिम र औषधी वितरण गरिएको हो ।

कालिञ्चाेक गाउँपालिकाकाे क्वारेन्टाइनमा बसेकालाइ आयुर्वेदिक औषधी वितरण गर्दै केन्द्रकाे टाेली

जसले क्वारेन्टाइनमा बसेका व्यक्तीलाई तनावमुक्त र खुसी हुन सघाउ पुगेको सूचना अधिकारी एबम् वैद्य निरीक्षक महतोले दाबी गरे । त्यसैगरि विभिन्न कार्यालयका कर्मचारी, पत्रकार लगायतलाई पनि औषधी वितरण गरिएको छ ।

जिल्लाको कालिञ्चोक, मेलुङ लगायतको गाउँपालिकामा निश्चित समयका लागि क्वारेन्टाइनमा

बसेका व्यक्तिहरुलाई योगा, ध्यानसहित तनाव व्यवस्थापन तालिम र औषधी वितरण गरिएको हो ।

पत्रकारहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन महिला पत्रकारहरुलाइ औषधी वितरण तथा तनाव व्यवस्थापन सम्बन्धी जानकारी पछिको तस्बीर

“ यो विपत्ति र संकटको समयमा आर्युवेद स्वास्थ्य केन्द्रका कर्मचारीको मिहिनेत र राम्रो व्यवस्थापनको कारण कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारलाई सघाउ पुर्याउने कोसिस भएका छन् । “हाम्रो स्रोतले भ्याएसम्म काम गरिरहेका छौं र निरन्तर गरिरहने छौं ।” उनले भने

Shares

Be the first to comment on "नागरिकको राेग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकाे अभियान"

Leave a comment

Your email address will not be published.


*