काठमाडौं, २५ भदौ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहणपछि पदभार ग्रहण गरेलगत्तै उनले न्यायलयलाई स्वच्छ राख्ने बताए ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश मिश्रले न्याय सेवालाई प्रभावकारी बनाउन उपयुक्त विधि स्थापित गराउन पनि आफूले पहल गर्ने बताए । नवनियुक्त प्रधानन्यायाधीश मिश्रले संहिताहरुको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने पनि बतए । उनले न्याय सेवालाई प्रभावकारी बनाउन न्यायाधीशहरुको दक्षता वृद्धिको कामलाई पनि अघि बढाउने योजना आफ्नो रहेको बताए ।
यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय समितिले अस्विकृत गरेपछि दोस्रो वरियतामा रहेका उनलाई प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो । मिश्र पुस १७ गतेसम्म सर्वोच्चको प्रधानन्यायाधीश बन्ने छन् । त्यसपछि उनी उमेरहदका कारण सेवा निवृत्त हुनेछन् ।
Be the first to comment on "नवनियुक्त प्रधानन्यायाधीश मिश्रले के भने ?"