नयाँ वर्ष मनाउँन दोलखामा २५ हजार पर्यटक

दीक्षण समाचार
चरिकोट २ बैशाख
नयाँ वर्ष मनाउँन २५ हजार बढी पर्यटकहरु दोलखाका आएका छन् । नयाँ वर्षको पूर्व सन्ध्यामा २०७५ लाई बिदाई र २०७६ को स्वागतमा विभिन्न ठाउँबाट दोलखामा आउने आन्तरिक पर्यटकहरुको संख्या वृद्धि भएको हो ।
नयाँ वर्षका लागि शुक्रबारदेखि आइतबारसम्म उत्तिकै भीड लागेको छ । नयाँ वर्ष मनाउन विशेषगरी कालिञ्चोक, दोलखा, भीमेश्वर, शैलुङ, जिरी, महाङ्काल, खरिढुङ्गा लगायतका पर्यटकीय स्थलहरुमा बिषेश गरी भीड लागेको थियो । प्राकृतिक मनोरञ्जन लिन र धार्मिक दर्शनका लागि काठमाडौं र तराईका जिल्लाबाट पर्यटकहरु दोलखा आएका हुन् ।
नयाँ वर्षका दिन कालिञ्चोकमा १० हजार बढी पर्यटकहरु पुगेका थिए । कालिञ्चोक जाने पर्यटकहरुका कारण कुरीका होटलहरु एक सातादेखि खचाखच छन् । शुक्रबार र शनिबारबार मात्र १ हजार भन्दा बढी ठूला साना ठूला सवारी साधनहरु पुगेका थिए । नयाँ वर्षका दिन गाडी नपाउँदा बोलेरो र ट्रकमा समेत यात्रा गर्न बाध्य थिए ।
चरिकोटमा रहेका २ सय ५० वटा बोलेरोले मात्र कालिञ्चोकमा ४ ट्रिपसम्म पर्यटकहरु ओसारेका थिए । पर्यटकहरुको अर्डर अनुसारको सेवा पु¥याउन नसकेको बोलेरो गाडी व्यवसायी शेखर थापाले बताए ।
भीमेश्वर मन्दिरमा दर्शनार्थीहरुको नयाँ वर्षको दिन विहानैदेखि भीड लागेको थियो । विहान ४ बजेदेखि साँझ ६ बजेसम्म मन्दिरभन्दा ५ सय मिटर तलदेखि लाइन थियो । लाइन मिलाउन स्थानीय प्रहरी र स्वयम्सेवकहरुलाई हम्मेहम्मे परेको थियो । दर्शनार्थीको भीड भएपछि ४ घण्टासम्म पर्खनु पर्ने अवस्था थियो । भीमेश्वर मन्दिरमा १२ हजार बढीले दर्शन गरेको प्रहरीले जानकारी दिएको छ ।
शैलुङ, जिरी, प्रस्तावित चलचित्र नगरी खरिढुङ्गा लगायतका स्थानमा पर्यटकहरु खचाखच छन् । गाउँ र सहरका पनि नयाँ वर्ष मनाउनका लागि नजिकका स्थानहरुमा समूह बनाएर पुगेका छन् । जिरीमा गत माघदेखि होटलमा ५० प्रतिशतसम्म छुट सुविधाले पनि पर्यटकहरुको आकर्षण गरेको छ ।
शुक्रबारदेखि सोमबारसम्म हिउँसो वर्षा भएको छ । प्रतिकुल मौसमका कारण कालिञ्चोक जाने सडकको देउरालीदेखि नै सडक हिलाम्य भयो । हिलाम्य सडकका कारण ठूला बसहरु र फरह्वील नभएका गाडी देउरालीभन्दा माथि जान सकेनन् । देउरालीदेखि फरह्वील भएका गाडीहरुले पर्यटकहरु ओसारेका थिए ।
प्रतिकुल मौसमका बाबजुद पनि कालिञ्चोक र शैलुङ आन्तरिक पर्यटकले भरिभराऊ भएको हो । नयाँ वर्ष मनाउँन स्थानीयहरु पनि गाडी रिजर्भ गरेर आएका हुन् ।

Shares

Be the first to comment on "नयाँ वर्ष मनाउँन दोलखामा २५ हजार पर्यटक"

Leave a comment

Your email address will not be published.


*